एमालेको बैठकमा अख्तियार दुुरुपयोगका कुरा
१२ असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशन मूल व्यवस्थापन सचिवालयको अहिले भर्खरै पार्टी कार्यलय बल्खुमा सम्पन्न बैठकमा भनाभन र चर्काचर्की भएको छ । पार्टी अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समेतको उपस्थितिमा सचिवालयका संयोजक इश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकमा महाधिबेशनमा अध्यक्षका प्रत्यासी केपी ओली समूहले गरेका अख्तियार दुुरुपयोगका कुरा उठेपछि चर्काचर्की भएको हो ।
गत जेठ २६ गते सो समूूहले अल्फाबिटा कम्प्लेक्समा गरेको गुटको पत्रकार सम्मेलनमा नेता ओलीको नाममा जारी प्रेस बक्तव्यमा पार्टीको लेटर प्याड र छापको प्रयोग गरिएको थियो । भिन्न–भिन्न विचार समूह भएपछि भिन्न–भिन्न भेला हुनु नयाँ कुरा भएन तर गुटका भेलामा पार्टीको आधिकारिक लेटर प्याड र छाप प्रयोग गरिनुु अख्तियारको दुरुपयो हो भन्दै सचिवालयका सदस्यहरु भीम रावल, योगेश भट्टराइ, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतले चर्को विरोध गरेका थिए । सो समूहवाट महासचिवमा अघि सारिएका पोखरेल स्वंय उक्त पत्रकार सम्मेलनको मुख्य हर्ताकर्ता थिए । तर, उनकै अध्यक्षतामा बसको सचिवालयको बैठकमा सदस्यहरुले विरोध गर्दा आज भने उनी टाउको निहुुराएर बसेको स्रोतले बतायो ।
सदस्यहरुको विरोध र भनाभन पछि अध्यक्ष खनालले रुलिङ गर्दै जसले गरेको भए पनि गल्ती भएकाले त्यसको छानविन गर्ने र आगामी दिनमा यस्ता गल्ती दोहारिन नदिने बताउनु भएको थियो । उहाँले छानवीनवाट दोषी देखिनेलाई कार्वाही समेत गरिने प्रतिवद्धता जनाउनुभएको थियो । त्यसपछि कार्यलय सचिव पृथ्वी सुुब्बा गुरुङले पनि त्यसमा आफ्नो गम्भीर गल्ती भएको भन्दै गल्ती स्वीकारेका थिए । स्मरण रहोस्, ओली बैंककमा उपचार गरेर फर्कदा कार्यलय सचिव गुुरुङले पत्र काटेर सबैलाई बिमानस्थलमा उपस्थित हुुन उर्दी जारी गरेका थिए ।
स्वयंसेवकका विषयमा पनि चर्काचर्की
महाधिवेशनमा खटाउने स्वयंसेवकको विषयलाई लिएर पनि बैठकमा चर्काचर्की भएको बुुझिएको छ । यसअघि बैठकले विभिन्न जनवर्गीय संगठनलाई स्वयंसेवकको कोटा छुट्याएको थियो । जसमा अखिलले २५, युवा संघले २५ र उपत्यकाले २५ जना पाएका थिए । तर, संगठनको बैठक नै नबसि स्वयंसेवक उपसमितिमा विद्यार्थीवाट ऐन महर र युुवा संघवाट चन्द्र लामा को नाम राखिएपछि विवाद भएको होे । महर संगठनमा विवादित मात्र होइनन् आफनै कमिटीका नेता लाई आक्रमण गरेका कारण धैलागिरि अंचल सम्पर्क कमिटीले विगतमा कार्वाहीको सिफारिस गरेका व्यक्ति पनि हुुन् । बैठकमा विवाद बढेपछि सबै विवाद हल गर्न, विवादित व्यक्तिको नाम उपसमितिमा राख्ने विषय स्वीकृत नगर्न र आउन सक्ने विवाद हटाउन सचिवालय बैठकले विष्णुु पौडेल, राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र रामनाथ ढकाल रहेको समिति गठन गरेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply