पाहुनाहरू आउँदै
काठमाडौं । नेकपा (एमाले)को नवौं महाधिवेशनका लागि विभिन्न मुलुकका नेताहरू आउने भएका छन् । मंगलबार मध्यान्हसम्म सात मुलुकका नेताहरूले आफ्नो सहभागिता हुने जनाइसकेका छन् भने अरू नेताहरूको पनि आउने सम्भावना रहेको एमाले विदेश विभागले जनाएको छ ।
भारतीय कम्युनिस्ट पार्टी (सीपीआई)का डी राजा महाधिवेशनमा सहभागी हुँदैछन् भने भियतनामका ली गाइकिन र तान्डाक लईले महाधिवेशनमा सहभागिताका लागि ‘कन्फरमेसन’ पठाएका छन् ।
यस्तै, रसियाबाट सावेज दोरोखिन र उनकी पत्नी महाधिवेशनमा आउने भएका छन् । बंगलादेशबाट सैफुल हक, फजल हुसेन बादशाह, अलि अहमद इनामुल भाग लिन आउँदैछन् ।
यस्तै, कम्बोडियाबाट योस सन, फङ्चान भिष्णा आउने भएका छन् भने श्रीलंकाबाट सोमवान अमरासिंगे, विलफ्रेड जयनिंगे आउने भएका छन् । यस्तै, टर्कीबाट सोनर स्माइल युनुस, अकिल विज मेहेमेद, अखिराज मेहेमेद कान आउने पक्कापक्की भएको एमाले विदेश विभाग सदस्य यादव शर्माले बताए ।
शर्माका अनुसार, सीपीआईएम, फरवार्ड ब्लक, सीपीआईएमएलका प्रतिनिधि आउने जनाए पनि उनीहरूको ‘कन्फरमेसन’ आइसहेको छैन । यस्तै, छिमेकी मुलुक चीनबाट पनि प्रतिनिधिको नाम आइसकेको छैन । भारतीय कम्युनिस्ट पार्टीका सीताराम येचुरी आफैं आउने सम्भावना पनि छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply