मिडिया ब्रिफिङ ः महाधिवेशनको कि गुटको ?
असार २१, काठमाडौं । पार्टी पंक्ति बाहिर शालिन नेता भनेर चिनिने एमाले नेता प्रदिप ज्ञवालीले आफ्नो गुट का लागि पार्टीका नेताहरुमाथि निम्न स्तरको आरोपमा उत्रेका छन् । जारी नवौं महाधिवेशनमा पत्रकारसँग ब्रिफिङ गर्ने बहानामा उनले एउटा गुटको गुनगान गाउने र विचार मा फरक मत राख्ने अर्को समूहको धज्जी उडाउने गरेका छन् ।
अध्यक्षका प्रत्यासी केपी ओली गुटवाट सचिवमा उठ्न र्याल काढिरहेका ज्ञवालीले शनिवार महाधिवेशन स्थल परिसरमा रहेको मिडिया सेन्टरमा पत्रकारहरुलाई ब्रिफिङ गर्ने क्रममा पार्टीमा निर्णय नै नभएको विषय निर्णय भईसकेको भनेर झूठ मात्र बोलेनन्, अर्को समूहका नेताहरु ढुंगे युगमा फर्कन खोजेको आरोप समेत लगाए । प्रसंग इलेक्ट्रोनिक भोटिङ मेसिनको हो । यो मेसिन प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा छलफल चलिरहेका बेला उनले प्रयोग गर्ने निर्णय भइसकेको र अहिले अर्को प्रयोग गर्न नहुने भनेर ढुंगे युगमा फर्कन खोजेको बताएका थिए ।
त्यसलगत्तै अर्को विचार समूहका तर्फवाट रघुजी पन्तले त्यहि पत्रकार सम्मेलन गरेर ज्ञवालीको आक्षेपको तर्कसंगत खण्डन गरेका थिए । नयाँ प्रयोगमा आउने कुनै कुराका बारेमा शंका हुनु स्वभाविक रहेको चर्चा गर्दै पन्तले कतै कुनै निकायवाट प्रमाणीकरण नभएको चीजमा शंका गर्दा त्यस्तो भन्ने हरुप्रति बैचारिक र प्राविधिक दरिद्रता रहेको बताउनु भयो । आजको युगमा सामान्य खाने, लगाउने, खेल्ने समाग्रीको त प्रमाणीकरण गरिएको हुन्छ तर कतै वाट प्रमाण्ीकरण नभएको निर्वाचन भोटिङ मेशिन प्रयोगमा नेता ज्ञवालीले अर्को पक्षलाई अनेक लान्छना लगाउदै गरेको जोडबलले झन आशंका मात्र उत्पन्न गराएको बताईन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply