पाँच करोडको गलपासो
यस्तो सौभाग्य सीमित व्यक्तिहरुले मात्रै पाउँछन् । बहुदल आएपछि पटक–पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका डा.रामशरण महतले नयाँ आर्थिक वर्षको बजेट पेश गरे । उनी यस्ता सौभाग्यशाली व्यक्ति हुन्, जसले अर्थमन्त्रीको हैसियतले ६/६ पटकसम्म देशको बजेट प्रस्तुत गर्ने औसर पाए । यस्तो औसर पाउनेमा केही अर्थमन्त्रीहरुमात्रै छन्, जसमध्ये उनी एक हुन् ।
हुन पनि, यी नुवाकोटेलाई बजेट प्रस्तुत गर्नुअघि आफ्नै पार्टीभित्रका सभासद् र सत्ता साझेदार एमालेका सभासद्हरुले समेत निकै हायलकायल खेलाए । कारण अरु केही थिएन, मात्र पाँच करोडको माग । आफ्नै सभासद्हरुले निकै हंगामा मच्चाए पनि यिनी भने टसको मस भएनन् । पाँच करोड माग्नेहरुलाई उनले एक करोडमा सीमित तुल्याइदिए । हुन त, सभासद्हरुले आफ्ना लागि होइन, प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि पाँच करोड मागेका थिए । निर्वाचन क्षेत्रमा पाँच करोड खन्याउँदा त्यसको उचित सदुपयोग हुनेमा निकै आशंका पनि उत्पन्न नभएको होइन । तर, आफ्नै सभासद्हरुले गरेको मागलाई पनि उनले अटेर गरे ।
अहिले प्रत्येक निर्वाचन क्षेत्रका लागि एक करोड छुट्याए पनि अर्थमन्त्री डा.महतको विरोध गर्न भने सभासद्हरुले छाडेका छैनन् । आफ्नै पार्टीको अर्थमन्त्री हुँदा पनि आफ्ना माग पूरा नगरेकामा सभासद्हरु रुष्ट हुनु स्वाभाविकै हो । त्यही कारण, उनीविरुद्ध आफ्नै सभासद्हरु खनिएका छन् अहिले र अरु सभासद्हरुले पनि विरोध जनाउनु सामान्य कुरा हो । तापनि, विपक्षीहरुले यो वर्षको बजेटलाई कनिका छरेका भनेर सामान्य विरोध जनाउँदै विपक्षीको धर्म निर्वाह गरे पनि अर्थमन्त्री डा.महत भने तत्काललाई पाँच करोडको पासोबाट फुत्किन सफल भएका छन् । आफ्नै सभासद्हरुले तीव्र विरोध जनाए पनि र उनीप्रति असन्तुष्टि पोखे पनि डा.महतले चालेको यो कदमलाई भने उनको चतुर्याइँपूर्ण कार्यको रुपमा लिँदा अन्यथा नहोला ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply