स्वराजसामु रोइकराइ
आफू निर्वाचित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरूसित सहकार्य, सद्भाव र सान्निध्यतालाई पहिलो प्राथमिकतामा राखे । र, उनको पहिलो विदेश भ्रमण कुनै शक्तिशाली राष्ट्र नभएर दक्षिण एसियाकै सानो र सुन्दर देश भुटानबाट प्रारम्भ भयो । भुटानपछि प्रधानमन्त्री मोदीको रोजाइमा नेपाल परेको छ । र, केही दिनपछि नै उनले नेपाल भ्रमण गर्दैछन् ।
प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनको भ्रमणको वातावरण बनाउन विदेशमन्त्री सुष्मा स्वराज तीनदिने नेपाल भ्रमणमा आएर दिल्ली फर्किसकेकी छन् । भारतको राजनीतिमा अत्यन्तै प्रभावशाली नेतृकी रूपमा स्थापित स्वराजले नेपाल भ्रमणको छोटो अवधिमा धेरै कार्य टुंग्याउन भ्याइन् पनि । र, उनले प्राय: सबै दलका नेताहरूलाई भेटेर आफ्ना एजेन्डा राख्न पनि भ्याइन् ।
विदेशमन्त्री स्वराजले नेपाली नेताहरूलाई भेट्ने क्रममा मधेसको राजनीतिमा सक्रिय प्राय: सबै दलका नेताहरूलाई पनि भेटिन् । तर, मधेसका नेताहरूले स्वराजको तावेदारी गरेको देख्दा मधेसवादी नेताहरू कति स्वाभिमानी रहेछन् र उनीहरू दक्षिणको तावेदारी गरेर नेपालको राजनीतिमा स्थापित हुन कति मरिहत्ते गर्दा रहेछन् भन्ने कुरा स्पष्ट हुन पुगेको छ । तर, स्वराजलाई मधेसवादी नेताहरूको तावेदारी उचित नलागेरै होला, प्रस्ट शब्दमा भनिन्–‘ तपाईंहरू कसरी दोस्रो दर्जाको नागरिक हुनुभयो ? राष्ट्रपति, उपराष्ट्रपति मधेसकै हुन् र गृह तथा परराष्ट्रजस्ता मन्त्रालयसमेत मधेसीहरूले नै
पाइसकेका छन् ।’
तर, स्वराजले मधेसी नेताहरूप्रति तीतो पोखे पनि यसपटकको भारतीय विदेश मन्त्रीको भ्रमणका क्रममा विगतमा देखिएको एउटा उदेकलाग्दो दृश्य भने देखिएन । यसअघि, विदेशमन्त्री प्रणव मुखर्जी नेपाल आउँदा आफ्नो हैसियत बिर्सेर नेपालका भूपू प्रधानमन्त्रीहरू मुखर्जी बसेको होटलमै लर्को लागेर भेट्न पुगेका थिए । तर, स्वराज आउँदा भने मधेसवादी नेताहरूबाहेक अरूले विगतका गल्ती दोहोर्याएनन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply