कर्मयोगी थापाको स्मृति
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसाल ०७१ को सेवा पुरस्कार, नेपालबाट पुरस्कृत हुनुभएको छ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा प्रदान गरिने उक्त पुरस्कार गएको आइतबार समाजसेवी थापाको ९२ औं स्मृति दिवस तथा गुठीको १७ औं वार्षिकोत्सवको अवसरमा रिसाललाई प्रदान गरिएको हो ।
पत्रकार रिसाललाई वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले एक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको रासी ५१ हजार रुपियाँ रहेको छ । सोही कार्यक्रममा बद्रीविक्रम चरित्र निर्माण पुरस्कार–०७१ बाट हिन्दू विद्यापीठ, नेपाल थलीका छात्रा रेनुका थापालाई पुरस्कृत गरिएको थियो । उक्त पुरस्कारको रासी १० हजार रुपियाँ रहेको छ ।
साहित्यकार अंगुरबाबा जोशीले गुठीको वार्षिक प्रकाशन ‘उखानभित्रका कथा विशेष’को सोही कार्यक्रममा लोकार्पण गर्नुभएको थिजयो । संस्कृतिविद् सत्यमोहन जोशीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा, नेकपा–माओवादीका नेता सीपी गजुरेल, प्रा.डा.नवलकिशोर राईलगायतले समाजसेवी थापाको व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply