बालुवा नहुँदा भवन बनेन
सिन्धुली । खोलाबाट बालुवा झिक्न नदिएपछि निर्माणाधीन विभिन्न सरकारी कार्यालय तथा घर निर्माण प्रक्रिया रोकिएको छ । बालुवा झिक्न जिल्ला वन कार्यालयले रोक लगाएको हो । बालुवा निकाल्न नदिएपछि निर्माणाधीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, कोष तथा लेखा नियन्त्रण कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला खेलकुद विकास समितिको कबर्ड हल, स्वास्थ्य कार्यालय, स्वास्थ्य चौकीहरू तथा विद्यालयका भवनहरू निर्माण प्रभावित हुन पुगेको हो ।
वन कार्यालयले खोलाबाट बालुवा झिक्न नदिएपछि सरकारी भवन निर्माणको काम व्यवसायीले रोकेका हुन् । प्रशासन कार्यालयमा बालुवा झिक्न नपाएका कारण विद्यालयका भवन बनाउन समस्या भएको गुनासो लिएर गएका व्यक्तिहरूलाई प्रमुख जिल्ला अधिकारी विष्ण्ुाप्रसाद पोखरेलले उनीहरूलाई आफ्नै समस्या सुनाए ।
निर्माणाधीन प्रशासन कार्यालयको भवन वन कार्यालयले खोलाबाट बालुवा झिक्न नदिँदा भवन निर्माण कार्य प्रभावित भएको प्रजिअ पोखरेलले बताए । वन कार्यालयले खोलाबाट बालुवा झिक्न नदिएपछि भगवती बोर्डिङ स्कुलका सञ्चालकहरू प्रशासन कार्यालयमा भवन निर्माण गर्न समस्या भएको गुनासो लिएर गएका थिए । ‘धेरै जिल्ला बसेर काम गरियो, वनको यस्तो नियम थाहा भएन । वन कार्यालय असारदेखि असोजसम्म खोलाबाट बालुवा निकाल्न पाइँदैन भन्छ । यस्तो नियम सिन्धुलीमा आएर मात्रै जानकारी पाइयो’– प्रजिअ पोखरेलले भने ।
वन कार्यालयले प्रतिटिप बालुवाको १ सय ५० रुपियाँ राजस्व भन्दै रकम उठाउने गरेको थियो । अहिले वन कार्यालयले लिने गरेको राजस्व १ सय ५० पनि लिँदैन र खोलाबाट बालुवा झिक्न पनि दिने गरेको छैन ।
प्रत्येक वर्ष जिल्लाभित्रको ढुंगा, गिट्टी, बालुवाको ठेक्का लगाउँदै आएको स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्का ढुंगा, बालुवा, गिट्टी जिल्ला बाहिर लैजान नमिल्ने र क्रसर तथा डोजर जंगलमा चलाउन नपाइने बताउँछन् । जिल्लाभित्र आन्तरिक खपतका लागि खोलाबाट बालुवा झिक्न कुनै समस्या नपर्ने खड्का बताउँछन् । वन कार्यालयका प्रमुख जीवनकुमार ठाकुर स्थानीय विकास मन्त्रालयले असारदेखि असोजसम्म खोला किनारबाट बालुवा झिक्न नदिनु भन्ने परिपत्र आएकाले ढुंगा, गिट्टी र बालुवा झिक्न रोक लगाइएको बताउँछन् ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply