अध्यक्ष आउँदा महाप्रबन्धक टाप
काठमाडौं । आफ्नो अधिकार कटौती गर्दै नेपाल वायुसेवा निगमको अध्यक्षमा शिवशरण न्यौपानेलाई नियुक्त गरेपछि महाप्रबन्धक मदन खरेल शुक्रबार स्वागत कार्यक्रममै उपस्थित भएनन् । पर्यटनमन्त्री भीम आचार्यले निकै गलफत्तीका साथ न्यौपानेलाई नियुक्त गराएपछि अब वायुसेवा निगममा सुगतरत्न कंसाकार र केवी लिम्बुको पालामैं झैं विवाद सुरु हुने भएको छ ।
शुक्रबार साढे ११ बजे नवनियुक्त अध्यक्ष न्यौपाने पदभार ग्रहण गर्न आउने खबर विहीबारै पाएपछि महाप्रबन्धक खरेल शुक्रबार विहानै बैंककतिर हानिएका छन् । स्रोतका अनुसार, उनी त्यता जाने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । ‘नेपालमा बसेमा स्वागत गर्नुपर्ला भनेरै उनी बैंकक गएका हुन्’– निगमका एक कर्मचारीले बताए ।
स्रोतका अनुसार, एमालेका बरिष्ठ नेता झलनाथ खनालले निकै जोडबल गरेपछि नागरिक उड्ड्यन प्राधिकरणका आठौं तहबाट अवकाश पाएका न्यौपाने अध्यक्ष बनेका हुन् । आठौं तहमै हुँदा उनले तत्कालीन पर्यटनमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष १२ औं तहमध्येबाट हुने महानिर्देशक बनाइदिन लबिङ गरेका थिए । स्रोतले भन्यो– ‘जबकि, त्यतिबेला १२ औं तहमै ६ जना अधिकारी थिए । तत्कालीन मन्त्रीले तपाईं यहींको कर्मचारी भएर यत्ति पनि बुझ्नुहुन्न भन्दै हकारेर पठाएका थिए ।’ न्यौपानेलाई अध्यक्ष नियुक्त गर्नका लागि उनकी कान्छी श्रीमतीले विशेष मिहिनेत गरेको बताइन्छ ।
खुल्ला प्रतिस्पर्धाबाट आएका खरेल अब काम गर्न नसकिने भयो भनेर चिन्तित भएको बताइन्छ ।यसअघि सुगतरत्न कंसाकार अध्यक्ष र केवी लिम्बु महाप्रबन्धक हुँदा दुईजनाबीच तीब्र विवाद भएर बोर्ड बैठक पनि बस्न सकेको थिएन ।
पहिला न्यौपानेलाई ल्याउनुहुन्न भन्ने पक्षमा रहेका वायुसेवा निगमका पाँचवटा कर्मचारी संगठनलाई पनि न्यौपानेले आफ्नो पक्षमा पारेका छन् । स्रोतले भन्यो– ‘कर्मचारी नियुक्ति र अरु काममा खरेललाई ठीक लगाउनुपर्छ भन्ने सहमति भएर उनीहरुले समर्थन गरेका हुन् ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply