कथामा हिमाल–पहाड

हरेकजसो लेखनको केन्द्रविन्दुमा मानवीय भाव, समवेदना र तत्वहरु अन्तरनिहित हुन्छन् । मानव जीवनका बहुआयामिक तरंगहरुलाई नै साहित्य लेखनले समातेको हुन्छ । युवा स्रष्टा होमशंकर बास्तोलाद्वारा सम्पादित ‘हिमाल पहाडका कथा’भित्रका प्रत्येकजसो कथाले हिमाल र पहाडमा कष्टकर जीवन यापन गरिरहेका, हिमाल र पहाडका घनिभूत समस्याहरुसित जुध्दै संघर्षका रैखा खिचिरहेका आम मानिसहरु र ती क्षेत्रका सामाजिक अन्तरविरोधहरुलाई सतहमा ल्याउनै प्रयत्न गरेका छन् ।
परशु प्रधानको कथा ‘अहिले लहर चुपचाप बग्छ’ले पहाडी परिवेशमा संघर्षशील जीवन व्यतित गरिरहैकी एउटी विधवा महिलाको उद्दिग्नता छरपस्ट तुल्याएका छन् । पतिको मृत्युपछि एक्लो जीवन बाँचिरहेकी एउटी महिला अरु पुरुषको आश्वासनमा पर्नु अनौठो कुरा होइन । निरस र सन्तप्त जीवन बाँच्न बाध्य एउटी महिलाको छट्पटी प्रधानको कथामा देख्न सकिन्छ भने माया ठकुरीको ‘निर्मला’मा पारिवारिक उपैक्षाको सिकार हुन पुगेकी एउटी बालिकाको दर्दनाक तस्बिर टाँगिएकौ छ । मातृस्नेहबँट वन्चित भएपछि बाबु र सौतेनी आमाको अवहेलनाबँट पीडित एउटी बालिका कसरी असामान्य कार्यतिर उन्मुख हुन्छै र अन्तत: जीवनलाई नै समाप्तिको विन्दुतिर डोर्याउँछे ? कथाले यही पक्ष दर्साएकौ छ ।
हीराधन राईकौ ‘बेसौते’ मा विगतको माओवादी जनयुद्धको छाया पाउन सकिन्छ । पहिला गाउँलेहरुबाट अपहेलित एउटा पात्र, माओवादी युद्धमा सामेल भएपछि सबैको प्रिय र आत्मीय व्यक्तिमा रुपान्तरित हुन पुगेको प्रसंग कथामा छ । समयले मानिसको भूमिका मात्र बदल्दैन, सामाजिक रुपमा पनि विशिष्ट हैसियत राख्न सक्षम हुन्छ भन्ने उजागर बेसौतेजस्ता पात्रको जीवनमा सार्थक ठहरिएकौ छ । नारायण तिवारीको ‘गन्तव्य’ले आरामदायी जीवन व्यतित गर्ने तराईका कर्मचारी र पहाडमा दु:खपूर्ण जीवन बँँच्नै व्यक्तिबीचकौ अन्तर खुट्याउन चाहैकौ छ । आफ्नै श्रम र सीपमा निर्भर पहाडका मानिसप्रति श्रद्धाभाव अर्पण गरिएकौ छ उक्त कथामा ।
नेपाली भूभाग दस वर्षसम्म युद्धकौ भुमरीमा फस्यो । र, युद्धले सबभन्दा धेरै थङ्थिलो बनायो पहाडलाई । विवश पौखरेलको ‘ओझेल’ कथा विगतको त्यही द्वन्द्वको घाउ कोट्याउन तत्पर छ । यो कथामा माओवादी पक्षले सुराकीको आरोप लगाउँदै निर्दोष व्यक्तिहरुलाई हत्या गरैकौ विगतको कहालीलाग्दो स्थिति दर्साइएकौ छ । विवश वस्तीको ‘संगीता र उदास गह्राहरु’ले पनि माओवादी द्वन्द्वकै तस्बिर उतारेको छ । कृष्ण धरावासीको बहुचर्चित कथा ‘झौला’ पनि समेटिएको छ । सति प्रथाको क्रूर र अमानवीय पक्षलाई उजागर गरिएकौ यो कथाले मध्ययुगीन बर्बरतामा बँँचिरहैको पूर्ववर्ति नैपाली समाजकौ अवस्था झल्काउँछ ।
नेपाली समाजमा सीमान्तकृत र दलित वर्ग वर्षोंदैखि अत्याचारकौ साङ्लामा जेलिएका छन् । जातीय र वर्गीय विभैदको लामो क्रममा सीमान्तकृत र दलित वर्गलै टाउको उठाउने मौका पाएनन् । दिनप्रतिदिन ती वर्गहरु शौषण, अन्याय र गरिबीको दुस्चक्रमा फस्दै गए र गइरहेका छन् । धु्रव सापकोटाको ‘जिन्दगी अर्थात् टाइम बम’ लै सीमान्तकृत जातिको जीवनका कटु यथार्थ औकल्न चाहेको छ । खासगरी, सुनकोसी किनारमा बसोवास गर्ने र पैशाका रुपमा माछा मार्ने जातिका रुपमा परिचित माझी जातिकौ कथा हो यो । गरिबी, अशिक्षा, चेतनाका कमीजस्ता पक्षहरुले गर्दा माझी जाति कति अवहैलित छन् र उनीहरुले दुर्दसायुक्त जीवन कसरी यापन गरिरहैका छन्, यही पक्षलाई कथालै उजागर गरेको छ । मातृका पोखरेलको ‘इतिहासको चिहानमाथि उभिएर’ दलित समाजको एउटा मार्मिक कथा हौ । उदयपुर जिल्लाको परिवेशमा लेखिएको उक्त कथामा दलित र उच्च जातिबीच वैवाहिक सम्बन्ध कायम हुँदा एउटी दलित महिला र उनको बच्चालाई समाजलै ज्युँदै गाडेको मार्मिक कथावस्तु रहैकौ छ । जातीय विभेदकै आधारमा मानिसको बाँच्न पाउने अधिकार हनन भएको यो कथा नेपाली समाजको क्रूर यथार्थ बन्न पुगैको छ ।
यीबँहेक राममणि पोखरेल, प्रदीप नेपाल, अमरकुमार प्रधान, डा.विष्णु राई, राजैन्द्र पराजुली, आनन्द राई, नवराज रिजाल, टंक भट्टराई, अभय श्रैष्ठ, हौमशंकर बास्तोला, मणि लोहनी र सीमा आभासका कथाहरुले हिमाल र पहाडका जनजीवन र त्यसका प्रतिविम्बहरु ओकल्न सक्षम देखिएका छन् । तथापि, पहाड र हिमालका कथाहरु नाम दिइएको भए पनि कतिपय कथामा ती इलाकाको प्रतिविम्ब झल्किनुभन्दा पनि विषयान्तर भएका पनि छन् । र, केही कथाहरुमा पहाड र हिमालको तस्बिर स्पष्ट रुपमा आएका छैनन्, जसले गर्दा कैही कथाहरु अधुरो हुन पुगेको सहजै अनुमान लगाउन सकिन्छ । तर पनि, नेपाली कथा साहित्यमा अहिलेसम्म हिमाल र पहाडका सुस्केराहरुको प्रतिनिधित्व गर्ने कथाहरु नआएकौ हुँदा सम्पादक बँस्तोला एक मुष्ट धन्यवाद कमाउन सक्षम देखिएका छन् ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply