साइँलाको गजपको निर्णय
सोलुखुम्बुका साइँला अर्थात् एनेकपा (माओवादी) का नेता गोपाल किराँती बेलाबखत ‘चक्मा’ दिने गरी काम गर्छन् । कुनै बेला, आफू भरिया रहेको सहर्ष बताउने साइँला पार्टीको लाइन मिलोस् वा नमिलोस्, ड्यांगै निर्णय गर्न चुक्दैनन् । उनको जातीय मोर्चाले केही दिनअघि एउटा निर्णय गर्यो–पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बेसै गरे ।
तर, उनको मोर्चाले पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई सही ठहर्याए पनि माउ पार्टीले भने अहिलेसम्म पनि शाहलाई विस्तारवादी नै ठान्दै आइरहेको छ । र, पृथ्वीनारायण शाहले गरेको नेपालको एकीकरणलाई एमाओवादीले अहिलेसम्म नचाहिँदो कामको रूपमा परिभाषित गर्दै आइरहेको छ । माउ पार्टीले पृथ्वीनारायणको कदमलाई दुत्कार्दै आए पनि उनको मोर्चाले भने विज्ञप्ति नै निकालेर राम्रो मानेका छन् । उनले किन यसो गरे, उनी नै जानुन् ।
हुन पनि, साइँला अजीवकै पात्र हुन् । गएको संविधानसभाको निर्वाचनमा उनले पहिला जितेको सोलुखुम्बु छाडेर झापाको ७ नम्बर क्षेत्र रोजे, जहाँबाट एमाले नेता केपी शर्मा ओली उनका प्रत्यासी थिए । तर, उनले नराम्रो पराजय बेहोर्नुपर्यो । तर, एमाले महाधिवेशनमा अध्यक्षमा उठेका ओलीलाई भने फरक पार्टीकै भए पनि उनले खुलेरै समर्थन गरे र भने–एमाले अध्यक्ष ओली बन्नुपर्छ । उनले किन त्यसो भने, उनी नै जानुन् ।
साइँलाले बेलाबखत अनौठो काम गर्नुलाई आश्चर्य मान्नु पर्दैन । त्यस्ता कामहरू उनी गरी नै रहन्छन् । कुनै बेला, उनले आफू निर्वाचित भएको जिल्ला सोलु पुगेका तत्कालीन भारतीय राजदूत राकेश सूदलाई कालो झन्डा नै देखाइदिए । सूदलाई हायलकायल नै पारे । यस्ता काम गर्न उनी माहिर नै मानिन्छन् । र, यस्तै कामबाट नै उनी राजनीतिमा स्थापित पनि छन् । उनको भलो होस् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply