खेमकृष्ण बलामीको जिवन बचाऔं
घरव्यवहार धान्ने अभिभावक नै ओछ्यानमा थला परेपछि नाबालक र परिवारको हालत कस्तो होला, कल्पना पनि गर्न सकिन्न । अहिले यस्तै पीडा सहन बाध्य छन्, मकवानपुर जिल्ला चित्लाङ–५ निवासी खेमकृष्ण बलामी । आफ्नो नाममा भएको उनको जग्गाजमिन उपचार गर्दागर्दै सकिएको छ भने रोग पनि निको नहुने देखिएको छ । त्यसैमाथि परिवारको अभिभावकत्व निभाउनुपर्ने बेला रोगले पूरै थलिएका छन्, बलामी ।
उनी थलिएपछि परिवारको आम्दानीको स्रोतसमेत बन्द हुनपुगेको छ । दुइटै मृगौलामा खराबी देखिएपछि लामो समयदेखि डायलोसिस गराइरहेका उनी अहिले उपचार गर्न नसक्ने अबस्थामा पुगेका छन् । उनले सामान्य खेतीपाती र ज्याला मजदुरीबाट परिवार पाल्दै आएका थिए । अहिले किष्ट अस्पतालमा उपचार गराईरहेका उनले अब कहिँ कतैबाट सहयोग नपाएको अबस्थामा मृत्युबरण गर्नुको कुनै बिकल्प छैन । ‘सके जति गरिसके अब त कुनै उपाय नै छैन’ आखामा आशु टिल्पीलाँउदै बलामीले भने । ‘मेरो नाबालक बच्चाको बेहाल हुने भो’– कलिला आफ्नो छोराको मुख हेर्दा बलामीले भने । उनलाई सहयोग गर्नका लागि ०३५०४२४०९२००१७ (हिमालयन बैंक, राजन बलामी ९८४११४८८३५) र ०५२२५२४१५३३३६०१५ (खेम कृष्ण बलामी ९८४१७१०३२४) मा सम्पर्क गर्न सकिन्छ ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply