बाहिरबाट संविधान जारी नगर्न चेतावनी
काठमाडौं । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्ले संविधानसभा बाहिरबाट नयाँ संविधान जारी नगर्न दलहरूलाई आग्रह गरेको छ । परिषद्को पाँचौं पूर्ण बैठकपछि नवलपरासीको गैंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले लहडका भरमा स्थापित विधिलाई लत्याएर संविधानसभा बाहिरबाट संविधान जारी गर्न खोजिए मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो ।
विगतमा नेताहरूले आफुखुसी संविधानसभा बाहिर संविधानसभाका अन्तरवस्तु सहमति जुटाउन गरेको प्रयास असफल भएको उदारहण दिँदै डा. देवकोटाले यस पटक त्यस्तो कार्य नदोहोर्याउन आग्रह गर्नुभयो । उहाँले सहमति नभएका विषय कार्यतालिका अनुसार संविधानसभा भित्रैबाट टुङ््ग्याएर माघ ८ भित्र नयाँ संविधान जारी गराउन परिषद्ले देशभरका बुद्धिजीवीहरूमार्फत दबाब सिर्जना गर्नेसमेत जानकारी दिनुभयो ।
भदौ २७ र २८ गते गरी दुई दिनसम्म चलेको परिषद्को केन्द्रीय कार्यसमितिको बैठकले समयमै चनाखो नभए मुलुक ठूलो दुर्घटनामा पर्न सक्ने भन्दै संविधान निर्माणका लागि बौद्धिक बहस र अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले संविधानका विवादित विषयमा सुझावसमेत संकलन गरी प्रधानमन्त्री, सभाध्यक्ष र सबै दलका शीर्ष नेताहरूलाई ध्यानाकर्षणपत्र बुझाउने, राज्यको पुन:संरचना, शासकीय स्वरूप जस्ता एजेन्डामा देशैभर बहस चलाएर आएका निष्कर्षहरू दलहरूलाई बुझाउनेलगायतका निर्णयहरू गरेको छ । बैठकले पार्टीको नवौं महाधिवेशनको मर्म र कार्यकर्ताको भावना अनुसार एकताबद्ध हुन शीर्ष नेताहरूको ध्यानाकर्षणसमेत
गराएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply