सभासद्को कलेजबाट विद्यार्थी गायब
काठमाडौं । एघार दिनअघि, लिट्टिल एन्जेल्स कलेजमा ११ कक्षामा अध्ययनरत छोरासँग फोनमा कुराकानी हुँदा काठमाडौं, घट्टेकुलोका सर्वे आलम खुसी भए । ललितपुरको हात्तीवनस्थित उक्त कलेजको छात्रावास बसेर अध्ययन गरिरहेका आलमका १७ वर्षीय छोरा समशाद आलम अन्सारीले आफ्ना अभिभावकसित हरेक शनिबार मात्र फोनमा कुराकानी गर्न पाउँथे । तर, त्यसलगत्तैदेखि सर्वेलाई दिनमा खानु न रातमा सुत्नु भएको छ ।
अहिले उनको खुसी हराएको छ । छोरासँग कुराकानी भएको दुई दिनपछि नै कलेजका होस्टल इन्चार्जले फोन गरेर भने– ‘तपाईंको छोरा होस्टलमा छैन ।’ त्यस्तो खबरले उनी छाँगाबाट खसेझैं भए । र, छोराको खोजीका लागि उनले प्रहरी, प्रशासनदेखि कलेज प्रशासनलाई समेत हारगुहार गरे । अहिलेसम्म पनि यो क्रम चलिरहेको छ ।
शिक्षाविद्का रूपमा चिनिने र पछिल्लो समय नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा मनोनीत भएका उमेश श्रेष्ठको स्वामित्वमा सञ्चालित उक्त कलेजबाट आफ्ना छोरा हराएपछि बाबु आलमले छोराको खोजीमा गृह मन्त्रालयदेखि सबै निकाय चहारिसकेका छन् । तर, कलेज प्रशासनले भने यो कुरालाई धेरै हल्लाखल्ला नगर्न उनलाई भनिरहेको छ । होस्टल इन्चार्जले त उनलाई यतिसम्म भनेका छन्– ‘तपाईंहरू अझै दुई/चार दिन धैर्य गर्नुस्, हामी आफ्नो माध्यमद्वारा खोज्छौं । त्यसपछि पनि भेटिएन भने अरु उपाय अपनाऔंला ।’ होस्टलले भने विज्ञान विषय लिएर उक्त कलेजमा अध्ययनरत अन्सारी भागेको स्पष्टीकरण दिँदै आएको छ ।
होस्टल प्रशासनले अन्सारी भागेको स्पष्टीकरण दिएपछि बुबा सर्वेले भने– ‘तपार्इंहरू मेरो छोरा भागेकै हो भनेर ग्यारेन्टी दिन सक्नुहुन्छ ?’ तर, होस्टल प्रशासनले ग्यारेन्टी दिन सकेन । त्यसपछि उनले फेरि प्रश्न गरे– ‘मेरो छोरा भागेको हो भनेर तपार्इंहरू ग्यारेन्टी दिन सक्नु हुन्न भने किन भागेको भनिरहनुभएको छ ?’ सर्वेले गृहमन्त्रीसामु बुझाएको पत्रमा भनिएको छ– ‘मिति २०७१/०८/२९ गते सोमबार बिहान ९.३० बजे एकाएक कलेजबाट हामीलाई छोरा होस्टलमा नभएको भनेर फोन आएको थियो र सो कुरा थाहा पाउनासाथ म तुरुन्त होस्टलमा पुगेर त्यहाँको कलेज प्रशासनसँग कुराकानी गरेको थिएँ । र, त्यसै दिन छोराको खोजी गरीपाऊँ भनी सातदोबाटो प्रहरी वृत्त ललितपुरमा निवेदन दिएको थिएँ ।’ सातदोबाटो प्रहरी वृत्तमा निवेदन दिएको भोलिपल्ट आलमले जिल्ला प्रहरी कार्यालय, ललितपुरमा पनि
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply