मनको लड्डु खाने छुट
मनको लड्डु घ्यूसँग खाने छुट जो–कोहीलाई पनि छ । राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई त्यस्तो छुट नहुने सवालै रहेन । नेपाललाई हिन्दू राज्य कायम गराउने अभियान बोकेर थापा यतिखेर मेचीदेखि महाकालीसम्म रथयात्रामा दौडिरहेका छन् । रथयात्रामा दौडरत रहेकै बेला उनले ठाउँ–ठाउँमा पुग्दै मनको लड्डु खाइरहेका छन् ।
रथयात्रामा दौडिरहेकै बेला थापाले भनेछन्– ‘मेचीदेखि सुरु भएको रथयात्रामा लाखौं जनताले दिएको साथ र समर्थनबाट नेपाल हिन्दू राज्य भइसक्यो । अब प्राविधिक रूपमा मिलाउन मात्र बाँकी छ । ‘ओहो † यो जति स्वादिलो मनको लड्डु अरू के हुनसक्छ ?
०६२/६३ मा त्यत्रो जनआन्दोलन भयो । दर्जनौं मानिसको सहादतपछि जनआन्दोलन सफल भयो र देशलाई तिनै थापाहरूले जोगाउन चाहेको राजतन्त्रको जरो उखेलियो र गणतन्त्र कायम भयो । अन्तरिम संविधानले देशलाई धर्मनिरपेक्षको रूपमा उभ्यायो । इतिहास साक्षी रहँदारहँदै पनि धर्मनिरपेक्षताको मार्गमा देश अघि बढे पनि कुनै बेलाका खुँखार मण्डले थापा भने नेपाली जनताले गरेको फैसलाप्रति आँखा चिम्लन उद्यत देखिएका छन् अझै । र, घरिघरि हिन्दू राज्यको राग अलापपेर † उनी धार्मिक सहिष्णुताको संग्लो पोखरी धमिल्याउने कुचेष्टा गरिरहेका छन् ।
वाह † कति राम्रो सन्देश । नेपाल हिन्दू राज्य भइसक्यो रे † मेची–काली रथयात्रामा दौडिएका थापाको यस्तो भनाइले ‘… लाई भन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखान चरितार्थ हुनपुगेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply