बैद्य अस्पताल भर्ना
काठमाडौं । नेकपा– माओवादीका अध्यक्ष मोहन बैद्य श्वास प्रश्वासमा समस्या देखा परेपछि सोमबार अस्पताल भर्ना हुनुभएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको दमसम्बन्धी उपचार भइरहेको छ ।
अध्यक्ष बैद्यको स्वास्थ्यका बारेमा जानकारी लिन पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल मंगलबार अस्पताल पुग्नुभएको थियो । चिसोका कारण समस्या देखा परेको भन्दै चिकित्सकहरुले अवस्था सामान्य रहेको बताएका छन् ।
यसैबीच, विभाजनपछि पनि केही गर्न नसकेर अकर्मण्यतामा फसेको भन्दै नेत्रविक्रम चन्दले अलग पार्टी गठन गरेपछि तीब्र आन्तरिक दवावमा परेको उक्त पार्टीले जनताबाट निर्वाचित संविधानसभाबाट निर्माण हुने संविधान नमान्ने र माघ ८ गते जारी भएमा त्यसको भोलिपल्टै जलाउने घोषणा गरेको छ । यसअघि पुष्पकमल दाहाल नेतृत्वको एनेकपा (माओवादी) सम्बद्ध मोर्चाले घोषणा गरेको विरँेध कार्यक्रमसँग मिल्दोजुल्दो गरी घोषणा गरिएको बैद्यको कार्यक्रम अन्तर्गत माघ ३ गते आमहडताल गर्ने भनिएको छ । मंगलबार राष्ट्रिय भेलाका निर्णयहरु सार्वजनिक गर्न बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाओजवादीसँगको समन्वयमा विरोधको घोषणा गरिएको जानकारी उपाध्यक्ष सीपी गजुरेलले बताए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply