‘सडकबाट संविधान आउँदैन’
नुवाकोट । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले सडक आन्दोलन नभई सहमतिमा आएर मात्र देशमा संविधान बन्ने बताउनुभएको छ । देशमा स्थायी शान्ति र संविधानका लागि सबै दल एकै स्थानमा हुनुपर्ने समयमा एकीकृत नेकपा माओवादीलगायतका दलले सडकमा आन्दोलन गर्नुको कुनै अर्थ नहुने बताउनु भयो ।
नुवाकोटको त्रिशूलीमा बिहीबार आयोजित एक कार्यक्रममा नेता ज्ञवाली माओवादीलगायतका दलहरूले जातीयताकै आधारमा देशमा संघीयताको माग गर्दै सडकमा आन्दोलन गर्ने कार्यक्रम तय गर्नु दु:खद् भएको र यसबाट देशले निकास नपाउने धारणा राख्नुभयो ।
सचिव ज्ञवालीले भन्नुभयो– ‘देशमा नौ अर्ब रुपियाँ संविधानसभाका नाममा खर्च गरेको सडकबाट संविधान ल्याउनका लागि नभएको कारण बेलैमा सचेत हुन माओवादीलगायतका दलहरूलाई आग्रह गर्दछु ।’ देशमा त्यसै पनि माओवादीको जनयुद्ध र जारी प्रक्रियाका कारण २० वर्ष व्यतीत भइसकेको बताउँदै नेता ज्ञवालीले अबको समय वादविवाद गरिरहनुभन्दा अबको एक महिनाको समय सहमति गरी देशमा नयाँ संविधान जारी गरी जनताको नजरमा सफल देश बनाउन केन्द्रित भनाइ राख्नुभयो । उनको कथन थियो– ‘प्रक्रियाबाट देशमा संविधान बनाउने कार्यमा कसैले अवरोध गरे नेपाली जनताले प्रतिकार गर्नेछन् ।’
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply