‘सडकबाट संविधान आउँदैन’
नुवाकोट । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले सडक आन्दोलन नभई सहमतिमा आएर मात्र देशमा संविधान बन्ने बताउनुभएको छ । देशमा स्थायी शान्ति र संविधानका लागि सबै दल एकै स्थानमा हुनुपर्ने समयमा एकीकृत नेकपा माओवादीलगायतका दलले सडकमा आन्दोलन गर्नुको कुनै अर्थ नहुने बताउनु भयो ।
नुवाकोटको त्रिशूलीमा बिहीबार आयोजित एक कार्यक्रममा नेता ज्ञवाली माओवादीलगायतका दलहरूले जातीयताकै आधारमा देशमा संघीयताको माग गर्दै सडकमा आन्दोलन गर्ने कार्यक्रम तय गर्नु दु:खद् भएको र यसबाट देशले निकास नपाउने धारणा राख्नुभयो ।
सचिव ज्ञवालीले भन्नुभयो– ‘देशमा नौ अर्ब रुपियाँ संविधानसभाका नाममा खर्च गरेको सडकबाट संविधान ल्याउनका लागि नभएको कारण बेलैमा सचेत हुन माओवादीलगायतका दलहरूलाई आग्रह गर्दछु ।’ देशमा त्यसै पनि माओवादीको जनयुद्ध र जारी प्रक्रियाका कारण २० वर्ष व्यतीत भइसकेको बताउँदै नेता ज्ञवालीले अबको समय वादविवाद गरिरहनुभन्दा अबको एक महिनाको समय सहमति गरी देशमा नयाँ संविधान जारी गरी जनताको नजरमा सफल देश बनाउन केन्द्रित भनाइ राख्नुभयो । उनको कथन थियो– ‘प्रक्रियाबाट देशमा संविधान बनाउने कार्यमा कसैले अवरोध गरे नेपाली जनताले प्रतिकार गर्नेछन् ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply