ऐना हेर्न सुझाव
आफूलाई मधेसी जनताको मसिहा ठान्ने धेरै मधेसी नेताहरू छन् । तर, खाँटी मसिहा ठान्नेमा चाहिँ सर्लाहीतिरका राजेन्द्र महतो पर्दछन् कि क्या हो ? होइन भने, उनले अहिले आफूलाई सिंगो मधेसकै प्रवक्ताका रूपमा जसरी उभ्याइरहेका छन्, त्यसले उनी मधेसी जनताको नम्बर वान मसिहा हुन् भन्ने सर्वत्र भान भइरहेको छ ।
महतो मधेसी जनताका मसिहा हुन् वा होइनन् ? राम जाने । तर, महतो सत्ताको सेरोफेरोमा रम्ने एक भाग्यमानी मधेसी भने अवश्य नै हुन् । दोस्रो संविधानसभाको निर्वाचनमा चुनाव हारेर मात्र हो, होइन भने उनी अहिले कुनै मन्त्रालयको सानदार कुर्सीमा बसिरहेका हुन्थे र रातो झन्डा फहराउँदै पुल्चोकदेखि सिंहदरबारसम्मको यात्रा जारी राखिरहेका हुन्थे । तर, के गर्नु † आफूलाई मधेसीको मसिहा ठाने पनि उनलाई मधेसी जनताले पत्याएनन् । नमज्जाले चुनाव हार्नुपर्यो ।
हुन पनि, दुई चार वर्षअघिसम्म महतोको सान नै बेग्लै थियो । उनलाई मधेसका जनताले हरेक पटक पत्याउँदै आएका थिए । पञ्चायतकालमा पनि उनले जिल्ला हाँकेकै हुन् । बहुदल आएपछि पनि उनले पटक–पटक सर्लाहीका जनताको विश्वास जितेकै हुन् र उनलाई सिंहदरबारमा पठाउन मधेसका जनताले सदाशयता देखाएकै हुन् । अहा † ती दिनहरू कति रमाइला थिए ।
०६४ को संविधानसभाको निर्वाचनपछि त उनले सत्ताको भरमग्दुर स्वाद लिए । मधेस आन्दोलन चम्किएको बेला त्यसलाई भजाएर चुनाव जितेका उनले पटक–पटक मन्त्री बन्ने सुऔसर पाए । पछिल्लो समयमा स्वास्थ्यमन्त्री बनेका उनले राम्रै आर्थिक फाइदा पनि उठाएको चर्चा/परिचर्चाले तत्कालीन समय निकै गर्माएको थियो । स्वास्थ्य मन्त्री हुँदा कुम्ल्याएको रकमको आडभरोसामा आफूले नेतृत्व गरेको पार्टीलाई देशव्यापी बनाउने अभियान पनि उनले नचालेका होइनन् । तर, जति गरे पनि उनको पार्टी दोस्रो संविधानसभा निर्वाचनमा एक सिटमै खुम्चिनुपर्यो ।
मधेसी जनताद्वारा अस्वीकृत यिनै महतो अहिले भने चर्का कुरा गर्नेमा दरिएका छन् । तराईका सबै समथर भू–भागलाई एउटै तराई प्रदेशमा गाभ्नुपर्ने कुरा उठाएर उनले आफूलाई तराईको खाँटी नेता बनाउन खोजे पनि तराईमा उनको हालत पत्ला भएको पक्षलाई उनले कतिसम्म बुझेका छन् ? महतोले आफ्नो अनुहार एक पटक ऐनामा हेरे हुन्थ्यो कि ?
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply