माधवसँग अन्तिममा मन्त्रणा
काठमाडौं । ‘दुई दिन संविधानसभाको बैठक स्थगित गरौं र सहमतिका लागि बसौं । लगातार बस्दा दुई दिनमा सहमति कायम गर्न सकिन्छ ।’
झट्ट सुन्दा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको यो प्रस्ताव ‘ठीकै हो, दुई दिन बसेर सहमति निस्किन्छ भने बैठक स्थगित गर्दा के हुन्छ र ?’ भन्ने पनि लाग्न सक्छ । तर, जति दिन बसे पनि अडान नछोड्ने हो र जातीय राज्यकै वकालत गर्ने हो भने विगत पाँच वर्षमा हुन नसकेको सहमति दुई दिनमा भइहाल्ला भनेर एमाले वरिष्ठ नेता माधव नेपालले पत्याउने कुरा भएन । ‘दुई दिन त होइन, एक दिन संविधानसभा स्थगित गर्न सकिन्छ’– सोमबार बेलुकी संविधानसभामा एमाओवादीले ताण्डव देखाउनुअघि त्यहीँ भएको छुट्टै बैठकमा नेपालले दाहाललाई भने– ‘त्यसका लागि तपाईंहरूले अहिले नै भोलिको बन्द फिर्ता लिनूस्, एक दिन संविधानसभाको बैठक रोक्न म लगाइदिन्छु ।’
त्यसअघि वरिष्ठ नेता नेपाल र एमाओवादी नेता बाबुराम भट्टराईबीच पनि त्यही विषयमा कुराकानी भएको थियो । कुनै न कुनै निकास निकाल्न पाए हुन्थ्यो भन्ने मुडमा रहेका भट्टराईले नेपालसँग कुरा गरेपछि ‘कुनै न कुनै अन्डरस्ट्यान्डिङमा पुग्नुपर्यो, यहाँ आउनु न’ भन्दै दाहाललाई त्यहीँ बोलाएका थिए । दाहाल आएपछि उनीहरू तीन जनाबीच लामै कुरा भएको थियो ।
एक दिन संविधानसभा बैठक स्थगित गरेर एमाओवादीलाई भाउ दिने अनि बदलामा उनीहरूले मंगलबारको बन्द फिर्ता गर्ने कुरा उठ्नासाथ दाहालले ‘म मोहन वैद्यजीलाई सोधेर भोलि बिहान खबर गर्छु’ भनेका थिए । जवाफमा नेपालले ‘त्यस्तो कहाँ हुन्छ र ? अहिले त्यस्तो सहमति भए पो प्रक्रिया रोकिन्छ त’ भनेका थिए । तर, दाहाल त्यतिमा रोकिएनन् । उनले एउटा थप माग पनि राखे– ‘हुन्छ बन्द त फिर्ता लिन्छौं तर संघीयताका बारेमा सहमतिमा मात्रै टुंगोमा पुगिनेछ भनेर तपाईंहरूले घोषणा गर्नुपर्छ ।’ नेपालले तत्कालै जवाफ फर्काए– ‘के कुरा गर्नुभएको ? सहमतिका लागि प्रयास गर्ने हो तर तपाईंहरूले कुनै हालतमा मान्नुभएन भने कसरी सहमति हुन्छ ? अनि त्यस्तो उधारो चेकमा कसले साइन गर्छ ?’
एमाले अध्यक्ष केपी ओलीसँग सोमबार बिहान एक्लै कुराकानी गर्दा दाहालले कुरा मिल्न सक्ने बताएका थिए । शासकीय स्वरूपमा विषयमा एमाओवादीले असहमति राखेर जान सकिनेबारेमा पनि नेताहरूबीच कुराकानी भएको थियो । तर, पछि एकाएक सहमति भत्किँदा एमाले नेताहरू आश्चर्यचकित परेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply