राज्यको धर्म हुँदैन, अनि जात हुन्छ ?
यो युग मानवता र समाजवादको युग हो । शोषणमुक्त समाजवाद नै मानव जातिको अन्तिम लक्ष्य भएबाट हामी जातीय, सामन्ती राज्य र क्षेत्रीय हैकमवादको विरोध र भत्र्सना गर्दछौं । हिजो संविधानसभाका लागि रक्तपात मच्चाउनेहरू आज संविधान नबनाउँदा जनादेश र जनमतविरुद्ध युरो, डलर र भारुको राजनीति बोकेर जातीय राज्य र क्षेत्रीय पृथकतावादीहरूको पक्षमा चर्का नारा लगाउँदै उफ्रन्छन् भने त्यस्ता जनविरोधी नेताहरूबाट जनपक्षीय संविधान सम्भव हुँदैन भन्ने हाम्रो ठहर छ । त्यस्तै राज्यको धर्म हुँदैन भन्नेहरूले राज्यको जात पनि हुँदैन भन्ने कुरा, बुझ्नुपर्छ कि पर्दैन ?
नेपालको लुम्बिनीमा जन्मिनुभएका महामानव बुद्धद्वारा प्रतिपादित बौद्ध धर्मको आज यो विश्वमा अर्बौं समर्थक छन् । बौद्ध धर्म र स्वयम् बुद्धले जातिवाद र सामन्तवाद स्वीकार गर्दैनन् । बौद्ध र हिन्दू धर्म एउटै होइन । त्यसैले एउटै मात्र धर्म सापेक्ष कसरी हुन सक्दछ ? तर, पनि करोडौं जनजाति र हिन्दूहरूले मात्र होइन संयुक्त राष्ट्रसंघ र अन्य धर्म मान्नेहरूले पनि बौद्ध दर्शनलाई स्वीकार गरिसकेका छन् । भनेपछि यहाँ फेरि धार्मिक विवाद खडा गर्नु विदेशी षड्यन्त्रकै उपज ठहर्दछ ।
आफू पनि संविधान नबनाउने र अरूलाई पनि जनादेशअनुसार संविधान बनाउन नदिने ती सबैखाले चरित्र बोकेकाहरू यसरी जातिवादमा पतन भई आत्महत्या गर्लान् भन्ने कुरा नेपालीले सोचेका पनि थिएनन् । वास्तवमा आफ्नो स्वार्थका लागि जे पनि बोल्ने र जे पनि गर्ने यी नेताहरूलाई यो नेपाल र नेपालीको कुनै मतलब नै छैन भन्ने हाम्रो ठहर छ । सत्तामा नपुगेसम्म यो गर्छौं र त्यो गर्छौं भनेर चुनाव लड्ने अनि जित्ने, जब भनेको कुरा पूरा गर्ने बेला हुन्छ अनि कामै नगर्ने, दोष जति अरूमाथि थोपरेर आफू उम्कन खोज्ने तथा देशमा भाँडभैलो मच्चाउनेहरूले अब राजनीतिबाटै सन्न्यास र बिदा लिनुपर्छ र जनतासँग माफी माग्नुपर्छ भनी हामी अनुरोध गर्दछौँ ।
विश्वका धनी र शक्तिशाली राष्ट्रहरू अनेक बहाना र सहयोग गर्ने नाउँमा एसियाका अनेक गरिब र साना मुृलुृकमाथि खुला हस्तक्षेप र थिचोमिचो गर्दै आएको सर्वविदितै छ । यहाँ पनि अनेक विवाद र समस्या खडा गराई नेपाल र नेपालीको जीवन–मरणको प्रश्न खडा गर्दै आएकोमा हामी त्यसको पनि घोर विरोध र भत्र्सना गर्दछौं । अत: धर्म, वर्ग, जाति र क्षेत्रको आधारमा हाम्रो समाज र देशको विभाजन गर्दैमा हाम्रो समस्याको समाधान हुने होइन । वास्तवमा हाम्रो प्रमुुख समस्या भनेको त अशिक्षा, कुशिक्षा, गरिबी र बेरोजगारी नै हो ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply