नेपालद्वारा चिसोपीडितलाई कम्मल वितरण
रौतहट । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटका चिसोपीडितलाई कम्मल वितरण गर्नुभएको छ । उहाँले आइतबार रौतहटको सखुहवा धमैरा तथा राजपुर तुल्सी क्षेत्रका चिसोपीडितलाई उनीहरूको बस्तीमै पुगेर कम्मल वितरण गर्नुभएको हो ।
नेपाल निजामती कर्मचारी संगठन, अर्थ मन्त्रालय विभागीय समितिको संयोजनमा अलग–अलग कार्यक्रमका बीच करिब ४ सय कम्मल वितरण गरिएको हो । कार्यक्रममा नेता नेपालले माघ ८ मा संविधान आउन मधेसकेन्द्रित दल र एनेकपा माओवादी बाधक रहेको आरोप लगाउनुभयो ।
एकीकृत नेकपा माओवादी र मधेसकेन्द्रित दलले हामीले जे भन्छौं त्यही हुनुपर्ने अडान राखेका कारण संविधान निर्माणमा समस्या भएको समेत नेता नेपालले बताउनुभयो । उहाँले अब सहमतिका लागि कुर्ने समय नभएको बताउँदै प्रक्रियामा आउन विपक्षमा रहेका सबै दलहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष पुण्य ढकाललगायत एमाले रौतहटका स्थानीय नेताहरूको सहभागिता थियो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply