साझा डुबाउने तारतम्य
काठमाडौं । एउटै किसिमको काम गर्ने दुई फरक संस्थामा एउटै व्यक्तिले जिम्मेवारी लिँदा ‘मिक्सअप’ हुने सम्भावना धेरै नै रहन्छ । तर, यस्तो कुरालाई बेवास्ता गर्दै धराशायी स्थितिमा पुगेको साझा प्रकाशनको महाप्रबन्धकमा अक्सफोर्ड पब्लिकेसन प्रा.लि.का प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मालाई नियुक्त गरिएको छ ।
शर्माको नियुक्तिसँगै एउटा पब्लिकेसनको मालिकलाई घाटामा गइरहेको साझा प्रकाशनको महाप्रबन्धकमा किन नियुक्ति गरियो भन्ने प्रश्न अहिले उठ्न पुगेको छ । गत माघ २ गते बसेको साझा प्रकाशनको सञ्चालक समितिको बैठकले शर्मालाई महाप्रबन्धकमा नियुक्त गरेको हो । शर्मा पछिल्लो समय विद्यालयका पाठ्यपुस्तक प्रकाशन गर्ने अक्सफोर्ड पब्लिकेसनका मालिक हुन् । पाठ्यपुस्तकको बिक्री गरेरै केही वर्षभित्रै करोडौं कमाएका उनी नेपाली प्रकाशन क्षेत्रमा चल्तापूर्ता व्यापारीका रूपमा पनि परिचित छन् । अक्सफोर्डमा मात्र उनको १०/१२ करोड रुपियाँ लगानी रहेको बताइन्छ । नाम चलेका विद्यालय र कलेजका सञ्चालक र शिक्षकहरूका पुस्तक निकालेर आफ्नो प्रकाशनसंस्थाबाट निस्किएका पाठ्यपुस्तक भिडाउने गरेका शर्मालाई यो क्षेत्रका खेलाडीका रूपमा चिनिन्छन् । बागलुङबाट पोखरा आएर प्रकाशन व्यवसाय थालेका केही वर्षपछि नै काठमाडौंमा समेत जम्न पुगेका शर्माको कांग्रेस, एमाले र एमाओवादीका माथिल्ला तहका नेताहरूसँग हार्दिक सम्बन्ध रहेको हुँदा त्यही सम्बन्धलाई भजाएर अहिले महाप्रबन्धक बन्न पुगेको बताइन्छ ।
पछिल्लो समय शिक्षा मन्त्रालयमा गाभिएको साझा प्रकाशनको महाप्रबन्धकमा शर्मालाई ल्याउन शिक्षामन्त्री चित्रलेखा यादवसमेत सकारात्मक देखिएकी थिइन् । त्यही कारण गत वैशाखमा साझाको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न पुगेका शिक्षा मन्त्रालयका सहसचिव दिवाकर ढुंगेल, शिक्षा मन्त्रालयकै सहसचिव बलराम केसी, शिक्षा विभागका उपसचिव विष्णुप्रसाद अधिकारी, जनक शिक्षा सामग्री केन्द्रका महानिर्देशक अनिलकुमार झा र साझाका बोर्ड सदस्य अनिरुद्ध पौडेलसम्मिलित बोर्ड बैठकले शर्मालाई महाप्रबन्धकमा नियुक्त गरेको हो । साझाका बोर्ड सदस्य हरिगोविन्द लुइँटेलले राजीनामा दिइसकेका छन् भने अर्का बोर्ड सदस्य नयनराज पाण्डेले भने तीन वर्षको अवधि सकिएपछि बैठकमा भाग लिन छाडेका थिए । त्यही कारण महाप्रबन्धक नियुक्त गर्ने बोर्ड बैठकमा दुवै सदस्य अनुपस्थित रहेका थिए ।
यसअघि, साझा प्रकाशनको प्रशासन प्रमुखबाट अवकाश पाएका रुद्रप्रसाद न्यौपाने नवनियुक्त महाप्रबन्धक शर्माको अक्सफोर्ड पब्लिकेसनमा काम गर्न गएका थिए । तर, केही समयपछि नै शर्माले न्यौपानेलाई निर्लज्जतापूर्वक हटाएको बताइन्छ । यसैगरी, साझा प्रकाशनका कर्मचारीहरूले बितेको साउनदेखि तलब खान नपाइरहेकोमा केही समयअघि मात्र तलब निकासाका लागि अर्थ मन्त्रालयमा पठाइएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply