पुस्तक छपाइमा घोटाला
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झाले पुस्तक छपाइको बहानामा करोडौं घोटाला गरेको आरोप लागेको छ । उनले बाबा पेपर मिलसँग कागज खरिद गरी १ करोड २० लाख कमिसन बुझेको र सो रकम ससुराली भारतको दरभंगास्थित पञ्जाब नेसनल बैंकमा जम्मा गरेको स्रोतको दाबी छ ।
झाले बाबासँग करार अवधि समाप्त भइसक्दा पनि फेरि १९ सय मेट्रिक टन कागज लिने निर्णय सञ्चालक समितिबाट गराएर सार्वजनिक खरिद नियमावलीविपरीत हुनेगरी काम गरेको बताइन्छ । २ महिनादेखि कागज नभएर राम्रोसँग छपाइ हुन नसकेको अवस्थामा फेरि सोही मिलबाट कागज खरिद गरिएको छ । सो मिलको कागजले मेसिन बिग्रेको र खपत हुने कच्चा पदार्थहरू बढी लागेको र लागत बढी परेको बताइन्छ ।
यो वर्ष कक्षा ५ देखि १० सम्मको गरी १ करोड ९७ लाख पुस्तक आवश्यक पर्नेमा साउनदेखि पुस मसान्तसम्ममा ४७ लाख २५ हजार मात्र पुस्तक छपाइ भएको छ । यस हिसाबले अझै १ करोड ४९ लाख थान छाप्न बाँकी रहेको देखिन्छ । चैत मसान्तसम्ममा बढीमा ४५ लाख थान छापिए भने पनि १ करोड थान पुस्तक छाप्न बाँकी रहन्छ ।
यसरी आफूले छाप्न नसक्ने देखेपछि २ जना व्यापारीलाई गोप्य रूपमा विकास केन्द्रबाट प्राप्त कक्षा ८ को पाठ्यक्रमको फाइनल कपी मोटो रकममा उपलब्ध गराएको स्रोतको दाबी छ । यसरी पाठ्यक्रमको फाइनल कपी उपलब्ध गराउँदा मोटो रकम कमिसन पाउने र किताब पुगेनन् भन्ने गुनासो पनि नरहने हुनाले झाले त्यसो गरेको बताइन्छ । केन्द्रको खरिद नियमावलीमा सामानको गुणस्तरको बारेमा एक कमिटी गठनको व्यवस्था छ । त्यसको संयोजक पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक दिवाकर ढुंगेललाई सञ्चालक समितिले तोके पनि झाको मनोमानी रोकिएको छैन । यस सम्बन्धमा प्रतिक्रियाका लागि झाको मोबाइलमा सम्पर्क गर्दा उठाएनन् ।
त्यसो गुणस्तर परीक्षण गर्ने तालिम प्राप्त कर्मचारीलाई अन्यत्र सरुवा गरेर करारमा राखिएको ठाकुर थरको कर्मचारीबाट परीक्षण गराउने गरिएको बताइन्छ । तत्कालीन लेखा प्रमुखले १९ सय मेट्रिक टन कागजको भुक्तानी दिँदा टिप्पणी फाइलमा गुणस्तरसम्बन्धी प्रश्न उठाउँदा उनलाई पनि अन्यत्र विभागमा सरुवा गरिएको थियो । गुणस्तरका बारेमा प्रश्न उठेपछि त्यो कागजको मूल्यमा १० प्रतिशत रकम कट्टा गर्ने आधार प्रस्तुत गर्दा ‘अब कागज आउँदैन, विकल्प पनि छैन’ भन्दै डेढ प्रतिशत मात्र हर्जाना कट्टा गर्न मिलाएका थिए । त्यसो गर्न लगाई बाबा पेपर मिलबाट ५ सय मेट्रिक टन कागजको सम्झौता गरे पनि अझै गुणस्तरहीन कागज ल्याई प्रति मेट्रिक टन ५ हजार रुपियाँका दरमा कमिसनको खेलो मिलाएको स्रोतको दाबी छ ।
बाबासँगको कागज खरिदको सम्झौता हँुदाहँुदै पुन: अर्को कम्पनीको कागज ल्याउन राय दिनका लागि पुन: दबाब दिँदा निर्देशक कपिलदेव र उपनिर्देशक मनोहर लामिछानेले चर्को विरोध गरेको थाहा भएको छ ।
झाले सबै करारका कर्मचारीहरूलाई हटाए पनि आफ्ना भान्जा पर्ने अभिशेक मिश्रलाई भने प्रतिमहिना १९ हजार ५ सय तलब खुवाएर अझै करारमा काममा लगाइरहेका छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply