ग्यास बितरणमा संसदीय समिति असन्तुष्ट
काठमाडौंं । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई मोटो रकम बुझाएर केही दिनअघि मात्रै नेपाल आयल निगमको कार्यकारी निर्देशक बनेका गोपालबहादुर खड्कालाई अहिले आफ्नो जिम्मेवारी हाडेओखर फुटाउनुजस्तै हुनपुगेको छ । व्यापारीहरूले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर बजारमा ग्यासको हाहाकार मच्चिरहेका बेला कार्यकारी निर्देशक बनेका खड्कालाई तत्कालीन समस्या पार लगाउन हम्मेहम्मे परेको बताइन्छ ।
हिजो मात्रै संसद्को आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले कार्यकारी निर्देशक खड्कालाई बोलाएर ग्यास आपूर्ति सहज बनाउन कडा निर्देशन दिएको छ । उपसमितिका संयोजक सभासद् सुवासचन्द्र ठकुरीले भने, अहिले पनि एलपी ग्यास सहज रूपमा उपलब्ध भइरहेको छैन । हामीले निगमका जिम्मेवार व्यक्तिलाई बोलाएर ग्यास आपूर्ति र वितरणको अवस्थाबारे जानकारी लियौं । र, उपभोक्ताहरूले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन निर्देशन दियौं ।
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएपछि अहिले निगमले क्षेत्रगत रूपमा ग्यास बिक्री–वितरण गर्दै आइरहेको छ । तर, संसदीय उपसमितिले भने त्यसरी गरिएको बिक्री–वितरणमा चित्त बुझाइरहेको छैन । उपसमितिले कार्यकारी निर्देशक खड्कालाई क्ष्ोत्रगत रूपमा भइरहेको वितरणमा कुन दिन, कुन क्षेत्रमा, कुन कम्पनीको कति वटा ग्यास सिलिन्डर वितरण हुने हो, त्यसबारे उपभोक्तालाई पूर्वजानकारी गराइनुपर्ने निर्देशन पनि दिएको छ । त्यस्तै, उपसमितिले निगमलाई अहिले वितरण गरिरहेको २२ हजार ३ सय ७७ हजार मेट्रिक टनमा ४ हजार मेट्रिक टन बढाएर वितरण गर्न पनि निर्देशन दिएको छ । साथै, अहिले कति हजार ग्यास सिलिन्डर वितरण भइरहेको हो, सोबारे यथार्थ विवरण दिन पनि निगमलाई निर्देशन दिइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply