आउनासाथ विवादस्पद काम
काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक पद सम्हालेलगत्तै सधैंजसो विवादमा तानिइरहने सहसचिव भरतराज सुवेदीले केही विवादास्पद निर्णय गरेका छन् । सुवेदी दस/बाह्र दिनअघि मात्रै विभागको महानिर्देशक बनेका हुन् ।
महानिर्देशक भएलगत्तै सुवेदीले कारबाहीमा परेका अभिमुखीकरण ट्रेनिङ सेन्टरहरूको कारबाही रातारात फुकुवा गरेका छन् । वैदेशिक रोजगारमा जानेहरूका निम्ति अभिमुखीकरण तालिम दिन खोलिएका तर कुनै तालिम नै नदिई बसेका काठमाडौंका २१ वटा अभिमुखीकरण ट्ेरनिङ सेन्टरहरूलाई यसअघि नै कारबाही गरिएको थियो । त्यसरी कारबाहीमा परेका ट्ेरनिङ सेन्टरहरूमा कस्मिक, ब्लुस्काई, नेसनल, टास्क, अकबर, साइनिङ, जेसीआर, सुकर्म, अरनी, पौखरी, जाल्पादेवी, एलमिरा, बुद्ध, सुनगाभा, श्रम, युनिक, सक्षम, आर्यन, एनआईडीसी, एलायन्स, विन्ध्यवासिनी र समीक्षा रहेका थिए । यी ट्ेरनिङ सेन्टरहरूलाई तीन महिनाका लागि कारबाही गरिएको थियो ।
कारबाहीमा परेका ट्ेरनिङ सेन्टरहरूमध्ये सुनगाभा नेपाल ओरियन्टेसन महासंघका अध्यक्ष पूर्ण मल्लको संस्था हो भने समीक्षा चाहिँ वैदेशिक रोजगार प्रवद्ध्र्रन बोर्डका सदस्य सीता देवकोटाको संस्था हो । मल्ल र देवकोटालगायत कारबाहीमा परेका ओरियन्टेसन सेन्टरका व्यक्तिहरूले महानिर्देशक सुवेदीलाई भेटेर गोप्य मन्त्रणा गरेपछि सुवेदीले सबैलाई कारबाही फुकुवा गर्न निर्देशन दिएका थिए ।
महानिर्देशक सुवेदीले कुनै प्रलोभनमा परेर केही ओरियन्टेसन सेन्टरहरूमाथिको कारबाही फुकुवा गरे पनि अझै केही सेन्टरहरूमाथिको कारबाही भने यथावत् नै रहेको छ । महानिर्देशक सुवेदीले कुनैलाई फुकुवा गर्ने र कुनै सेन्टरलाई कारबाही फुकुवा नगर्ने निर्णयलाई सबैले आश्चर्यका रूपमा लिएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply