‘सुम्निमा’लाई सम्मान
काठमाडौं । आदिवासी चलचित्र अवार्ड जित्न सफल चलचित्र ‘सुम्निमा’ तथा कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने स्रष्टालाई सम्मान गरिएको छ । काठमाडौंको संवाद डबलीमा एभरेष्ट कल्चर एन्ड एकेडेमीले एक सम्मान कार्यक्रम गरी सम्मान गरेको हो ।
आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई मुख्य विषय बनाएर बनाइएको उक्त चलचित्रलाई सरकारले उत्कृष्ट घोषित गर्दै राष्ट्रिय अवार्ड प्रदान गरेको थियो । प्रवीण पुमाको कथालाई चन्द्र वाङबुलेले निर्देशन गरेको चलचित्रमा नायिकाको रूपमा प्यारी राईले भूमिका निर्वाह गरेकी छन् । खेजी राईले चलचित्र निर्माण गरेकी हुन् । कथा लेखक पुमाले नै नायकको भूमिका निर्वाह गरेका छन् । त्यसैगरी नायक, नायिका र निर्देशकले आफूलाई यसले आत्मसम्मान गरेको अनुभूति भएको बताएका थिए । कार्यक्रममा बोल्दै निर्मात्री खेली राईले यो अवार्डले आफूलाई यो क्षेत्रमा अग्रसर हुन प्रेरणा प्रदान गरेको बताइन् । सम्मान कार्यक्रममा फिल्मी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत खेरी राई, गीतकार तथा गायक हस्त लिवाङलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले सम्मान प्रदान गरेका थिए । आदिवासी चलचित्रमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै अझ अगाडि बढ्न आग्रह गरिएको थियो । चलचित्रको सम्पूर्ण टिमलाई सँगै पाउँदा खुसी लागेको अध्यक्ष राईले बताए ।
चौथो विश्वका चलचित्र भनेर चिनिने आदिवासी जनजातिको संस्कार र संस्कृतिमा निर्माण गरिएका चलचित्रको माग बढिरहेको चलचित्रकर्मी दिपेन्द्र राईले बताए । उनले केही वर्ष पहिलेसम्म ५ प्रतिशत मात्र रहेको दर्शक यो क्षेत्रका चलचित्रको हाल संख्या २० देखि ३० प्रतिशत पुगेको बताए ।
कार्यक्रममा प्रवीण पुमा, युवराज राई, प्यारी राई, जनसरी राई, स्वर्णदीप राई, नामकला राई जमानसिंह राई, बालन्द राई, उदय पौड्याल, सुरेन्द्र चन्द, राकेश ओली, दिपेन्द्र राई, सुमन बराललगायतका कला क्षेत्रका स्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply