एमाले बैठक फागुन ३ मा
काठमाडौं । महाधिवेशन सम्पन्न भएको सात महिना पूरा हुादासम्म कार्यविभाजन हुन नसकेको एमालेमा आउादो फागुन ३ गते केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने बताइएको छ । गत शनिवार कार्यविभाजनका लागि भन्दै बसेको स्थायी समितिमा राष्ट्रिय राजनीतिका अरु विषयमा छलफल भएका कारण त्यसलाई थााती राखिएको थियो ।
सात महिनासम्म कामको कुनै जिम्मेवारी नपाउादा एमालेका केन्द्रीय सदस्यहरु खिन्न छन् । महाधिवेशनपछिको उत्साह मर्दासम्म के कामको जिम्मा पाउने भन्ने तय नभएकाले उनीहरू बेरोजगार छन् । केन्द्रीय सदस्यहरूको कार्यविभाजन नहुादा एमालेमा केन्द्रीय विभाग र अञ्चल समन्वय कमिटी गठनको प्रक्रिया पनि अघि बढ्न सकेको छैन ।
महाधिवशेनमा दुई खेमामा विभाजित भएर प्रतिस्पर्धामा उत्रिएका एमालेका नेताहरु कार्यविभाजनसम्म आइपुग्दा पनि आआफ्नो हिसावकितावमा व्यस्त छन् । महत्वपूर्ण विभाग र अञ्चलहरु कसलाई दिने भन्ने रस्साकस्सीका कारण कार्यविभाजनमा सहमति हुन सकेको छैन ।
१ सय ६१ जनाकै कार्यविभाजनका लागि महासचिव ईश्वर पोखरेल र उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललाई गृहकार्य गर्ने जिम्मेवारी दिइए पनि पारदर्शी रुपमा छलफल हुन नसकेको गुनासो एमालेमा छन् । महासचिव पोखरेलले निर्वाचनमा गुट आबद्धताका आधारमा गृहकार्य गरेको र आफूसाग सल्लाह नगरेको अर्को पक्षले आरोप लगाएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply