टुकुचा चहारेर ठूला माछा !
लोकमानसिंह कार्की यो देशका ठूला नागरिक हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त ‘ठूला मानिस’ नहुने प्रश्नै भएन । अख्तियारको प्रमुख भएर मात्र उनी ठूला भएका होइनन् । पहिलादेखि नै उनी ठूला मानिसकै पंक्तिमा पर्दथे । ठूला प्रशासक, ठूला दाता मात्र होइन, ठूलै जिउडाल भएका मानिस हुन् उनी । त्यसैले उनले ठूला कुरा गर्नु सामान्य बात हो ।
ठूला कुराहरूकै बीच अहिले उनले ‘ठूला माछा’ समात्ने संकल्प पुन: दोहोर्याएका छन् । त्यसो त, ठूला मानिसले सानातिना माछा समात्ने कुरा पनि भएन । किनकि, ठूलाको ध्यान ठूलैतिर हुन्छ । केही दिनअघि मनाइएको अख्तियार दिवसका दिन उनले राष्ट्रपति र प्रधानमन्त्रीलाई साक्षी राखेर ठूला माछा समात्न आफू तत्पर रहेको र सरकारले त्यसमा सहयोग गर्नुपर्ने कुरा दोहोर्याए । ठूला माछा समात्ने उनको संकल्पलाई मुरीमुरी धन्यवाद टक्र्याउनुपर्छ ।
तर, एउटा खट्किएको पक्ष के छ भने, ठूला माछाहरू कहाँ पाइन्छन् भन्ने कुरामा चाहिँ अहिलेसम्म अख्तियार प्रमुखलाई त्यति हेक्का रहेनछ । सर्वज्ञात नै छ, ठूला माछा ठूला समुद्रहरूमा पाइन्छन् । तर, नेपालमा समुद्र नभएका हुँदा ठूला माछा पाइने सम्भावित ठाउँहरूमा ठूला–ठूला कोसीहरू नै हुन् । अख्तियार प्रमुखले ठूला माछा समात्न कोसीहरूमा आफ्ना जालहारीहरूलाई परिचालन गरेको पटक्कै पाइएन् । उनले ठूला माछा समात्न आफ्ना जालहारीहरूलाई सानातिना खोला, खोल्सी र खहरेहरूमा मात्रै परिचालित गरिरहेका छन् । खोल्साहरूमा जालहारी पठाएर कहीँ ठूला माछा पाइन्छन् त ? टुकुचाबाट ठूला माछा निकाल्ने सपना देखेर हुन्छ त ? तसर्थ, अख्तियार प्रमुखज्यू † ठूला माछा समात्ने नै हो भने टुकुचामा होइन, ठूला कोसीहरूमा आफ्ना जालहारीहरूलाई परिचालित गर्नुस् । यत्ति सुझाव दिएँ है !
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply