झन्डाबिनै डबल ब्ल्याक सुटुक्क
काठमाडौं । अरू दिन काठमाडौंको सडकमा सवारी चाप अत्यधिक रहने भए पनि शनिबारको दिन भने कम नै हुन्छ । त्यही मौका छोपेर गत शनिबार अपराह्न साढे चार बजेतिर बौद्धको पीपलबोटबाट ठीक विपरीतको गल्लीमा एउटा गाडी भित्र छिर्यो । गाडीबाट सुट लगाएका एक जना मानिस ओर्लिए । पछि थाहा भयो, ती व्यक्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्य रहेछन् । प्राय: बाहिरतिर वा कुनै गोप्य थलोमा जाँदा झन्डावाल गाडीमा सवार नहुने र गार्ड पनि नलैजाने स्वभावका मन्त्री अमात्यले त्यस दिन पनि त्यही शैली पछ्याएका थिए । प्रत्यक्षदर्शीका अनुसार, उनी झन्डाविहीन गाडीबाट ओर्लेर एक जना बौद्ध धर्मगुरुको निवासभित्र छिरेका थिए ।
बौद्धस्थित रिम्पोछे भूपति बज्र लामाको आमन्त्रण स्वीकार गरेर उनी त्यस दिन त्यहाँ पुगेका थिए । स्रोतका अनुसार, मन्त्री अमात्यले धर्मगुरुसँग करिब आधा घन्टा बिताएका थिए । उक्त आधा घन्टाको अवधिमा धर्मगुरु र मन्त्री अमात्यबीच के–के विषयमा छलफल भयो, दुई जना मात्रै बसेका हुँदा ती कुरा बाहिर आउन भने सम्भव भएन ।
बौद्ध धर्मगुरुसँग आधा घन्टा बिताउँदा मन्त्री अमात्य प्रफुल्ल भए वा भएनन् ? तर, हिँड्ने बेलामा भने उनी निकै नै प्रफुल्ल देखिन्थे । हिँड्ने बेलामा धर्मगुरुको चेलाहरूले प्रदान गरेको एक बोतल डबल ब्ल्याक खुसीसाथ बोकेर मन्त्री अमात्य हिँडेका थिए ।
धर्मगुरु लामाले मन्त्री अमात्यलाई निमन्त्रणा गरे पनि उनले मानेका रहेनछन् । ‘धर्मगुरुले भेट गर्न चाहेको हुँदा आउनुपर्यो’ भनेर धर्मगुरुका चेलाले अनुरोध गर्दा मन्त्री अमात्यले सुरुमा त इन्कार गरेका थिए । मन्त्री अमात्यले इन्कार गर्दै ‘म आउदिनँ होला, म कतै जाँदा मिडियाहरूले पछ्याउँछन्, जथाभावी लेख्छन्’ भनेको सूत्रको भनाइ छ । तर, मन्त्री अमात्यले अस्वीकार गरे पनि केही समयपछि नै उनलाई नेकपा (एमाले)का पूर्वअध्यक्ष झलनाथ खनालको फोन गयो । खनालले मन्त्री अमात्यलाई फोनमार्फत् ‘जाँदा केही फरक पर्दैन, राम्रा धर्मगुरु हुन्, सम्बन्ध बढाउनुपर्छ’ भनेका थिए । लामो समयसम्म खनालको स्वकीय सचिव भई काम गरेको प्रतिफलस्वरूप पछिल्लो समय मन्त्री पदबाट पुरस्कृत भएका अमात्यले खनालको कुरालाई काट्न सक्ने स्थिति नै नभएको हुँदा उनी बौद्ध धर्मगुरुलाई भेट्न गएको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply