श्रीमान् दिनभर ‘मुडअफ’
काठमाडौं । नेपालको न्याय क्षेत्रमा न्यायाधीश सुशीला कार्कीले बेग्लै पहिचान बनाएकी छन् । हरेक मुद्दामा ‘बोल्ड’ निर्णय लिने निर्भिक न्यायाधीश भनेर चर्चा कमाएकी उनी भावी प्रधानन्यायाधीशको लाइनमा समेत छन् । त्यही भएर पनि उनले हरेक फैसला गर्दा सकेसम्म धेरै प्रमाण जुटाएर विवादरहित रूपमा गर्ने गरेकी छन् । तर, गत आइतबार उनीसमेतको इजलासले सुनाएको एउटा अन्तरिम आदेशले उनी दिनभर ‘मुडअफ’ भइन् ।
बहुविवाह गरेर जेठी श्रीमतीलाई अपहेलना गर्ने र यातना दिने गर्दै आएका प्रहरी निरीक्षक चन्द्र थापाको पक्षमा अन्तरिम आदेश सुनाएपछि न्यायाधीश कार्की ‘मुडअफ’ भएकी हुन् । त्यही कारण उनी त्यो दिन अरू इजलासमा नगएको बताइन्छ । केटीहरूलाई घुमाउने, बिहे गर्ने र छाड्ने बानी नै निरीक्षक थापाले जेठी श्रीमती इन्दिरा निरौलालाई पत्तै नदिई ०७० फागनु २४ गते अर्को विवाह गरेका थिए । ओखलढुंगा सिद्धिचरण नगरपालिकाले दिएको विवाह दर्ता र स्थानीय प्रहरीको मुचल्कामा पनि सोही मितिमा उनको दोस्रो विवाह भएको उल्लेख छ । तर, उनले आफूले ०७१ वैशाख ६ मा विवाह गरेको र निरौलालाई त्यसअघि नै अंश दिएर पारपाचुके गरिसकेको झूटो कागजात बनाएर अदालतलाई ढाँट्दै आएका थिए । निरौलाको मुद्दा ओखलढुंगा जिल्ला अदालतले दर्ता गर्न नमानेपछि प्रधानमन्त्री कार्यालयले जिल्ला अदालतलाई पत्र लेखेर ‘मुद्दा दर्ता गर्नू’ भनेको थियो । त्यसविरुद्ध प्रधानमन्त्री कार्यालयबाट ‘पत्र काट्ने काम रोकियोस्’ भन्दै थापा सर्वोच्चमा गएका थिए । माघ २३ गते न्यायाधीश कल्याण श्रेष्ठ र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले ‘आवश्यक कागजात लिएर महान्यायाधिवक्ताको कार्यालयमा आउनू’ भनेर अन्तरिम आदेश दियो ।
तर, त्यो आदेश कार्यान्वयन नहँुदै गत आइतबार न्यायाधीश सुशीला कार्की र गोपाल पराजुलीको संयुक्त इजलासले निरीक्षक थापाको पक्षमा अन्तरिम आदेश सुनाएपछि पीडित निरौला त्यहीँ मूर्छा परेकी थिइन् । अदालत परिसरमै सलाइन पानी चढाएर उनको होस खुलाउनुपरेको थियो । निरौलाको पक्षका वकिल नआउँदै न्यायाधीश पराजुलीले थापाका वकिललाई ‘तपाईंलाई अन्तरिम आदेश चाहिएको हो ?’ भनेर सोधेका थिए । थापाका वकिलले ‘हो’ भनेपछि अन्तरिम आदेश सुनाएको बताइन्छ । निरौलाले भनिन्– ‘मेरा वकिल नै आएका छैनन, बहस नै नगरी कसरी अन्तरिम आदेश दिन मिल्छ भनेर मैले प्रश्न गरेँ तर मलाई ‘कति पढेकी छस्’ भनेर सोधे । मैले मेरो पढाइ बताएपछि ‘यति पढेको मान्छेले यस्ता कुरा गर्ने’ भने ।’ निरौला ढलेपछि न्यायाधीश कार्की ‘मुडअफ’ भएको एक वकिलले बताए ।
थापाको पक्षमा अन्तरिम आदेश जारी गराउन न्यायाधीश पराजुलीलाई नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले दबाब दिएको स्रोतको दाबी छ । न्यायाधीश पराजुली वकिलबाट कांग्रेसको कोटामा पुनरावेदन छिरेका हुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply