पार्किङका नाममा ठमेलमा लुट
काठमाडौं । ठमेल नेपालको अत्यन्त महँगो स्थान मानिन्छ । तर, त्यहाँ नेपालीभन्दा पनि विदेशी पर्यटकहरूलाई मध्यनजर गरी व्यापार गरिन्छ । तर, ठमेल जाने नेपाली पनि अब महँगो पार्किङको चपेटामा पर्ने भएका छन् । कर्मचारी सञ्चयकोषका हाकिमको बदनियतका कारण नेपालीहरू महँगो शुल्कमा दपेटिने भएका हुन् । कर्मचारी सञ्चयकोष मातहत रहेको ठमेलको त्रिदेवीमार्गस्थित पार्किङमा मोटो रकम कमिसन खाएर उनीहरूले पार्किङ चलाउन थालेपछि सर्वसाधारण त्यसरी महँगो शुल्कको मारमा परेका हुन् । त्यसमाथि त्यसरी महँगो शुल्क उठाउने व्यक्ति नेपाली नभएर विदेशी नागरिक हुन् । हुन त नेपालमा विदेशी नागरिकले मनलाग्दी व्यवसाय गर्न पाउँदैनन् ।
तर, कर्मचारी सञ्चयकोषले एक जना इटालियन महिलालाई आफ्नो हाताभित्रको पार्किङबाट रकम संकलन गर्ने ठेक्का दिएको छ । कर्मचारी सञ्चयकोषको हातामा रहेको पार्किङबाट रकम संकलन गर्न त्यहीँ रहेको फायर एन्ड आइस रेस्टुरेन्टकी सञ्चालिका मारियालाई ठेक्का दिइएको छ । पहिलाको ठेक्काबाट सञ्चयकोषले मासिक १ लाख ३५ हजार भाडा लिने गरी सम्झौता गरेको थियो । पुरानो पार्किङ ठेक्का रद्द भएपछि नयाँका लागि कुनै कागजी सम्झौता भएको छैन । सञ्चयकोषका केही हाकिमलाई महिनावारी बुझाउने गरी इटालियन महिला मारियाले पैसा उठाउन थालेकी छन् । यसमा त्यही भवनमा रहेको हिमालयन बैंकको पनि मिलेमतो रहेको बताइन्छ । बैंकले महिनावारी ९० हजार रुपियाँ पार्किङबापत बुझाउँछ र त्यसबापत आफ्ना ग्राहकलाई पार्किङको पैसा नलाग्ने कुपन दिन्छ । फायर एन्ड आइसले पनि आफ्ना ग्राहकलाई पार्किङ नि:शुल्क गराउँछ । त्यसबापत पहिलाको ठेकेदारलाई महिनावारी ५० हजार रुपियाँ बुझाउने गर्दथ्यो । अहिले बैंक र फास्टफुड दुवैसँग महिनावारी लिइने रकम घटाइएको छ र त्यो रकम आर्थिक अभिलेखमा नजनिने गरी सञ्चयकोषका हाकिमले बाँडचुँड गर्दै आएका छन् । मारियाले पार्किङको पैसा उठाउन थालेपछि पैसा तिर्ने सवारी साधनधनीलाई रकम तिरेबापतको कुनै रसिद दिने गरिएको छैन । पार्किङ ठेक्का लिने फर्म अन्तशुल्कमा दर्ता भएको हुनुपर्ने, खुद आम्दानीको अभिलेख दिनुपर्ने नियम छ तर यी कुनै प्रक्रिया मारियाले पूरा गरेकी छैनन् । त्यहाँ कार पार्किङ गर्दा घन्टाको ५० र बाइकलाई घन्टाको ३० रुपियाँ पर्छ । जानकारहरू यो नेपालकै सबभन्दा महँगो पार्किङ भएको बताउँछन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply