महानगरमा आफूखुसी कर छुट
काठमाडौं । काठमाडौं महानगरपालिकाले कर छुटमा मनपरी गर्दै आएको तथ्य फेला परेको छ । नगरको राजस्व शाखाका कर्मचारीहरूले कमिसन लिएर नियमले नमिल्ने स्थानमा पनि आफूखुसी कर छुट गर्दै आएको तथ्य बुधबारले फेला पारेको छ । महाशाखा प्रमुख नुरनिधि न्यौपाने र प्रशासन प्रमुख रामप्रसाद पौडेल मिलेर त्यसरी कर छुट गराएको थाहा भएको छ ।
नगरका विभिन्न स्थानमा भएका नम्बरी जग्गा र त्यसमा बनेका घर टहराबापत वार्षिक कर लाग्ने नियम छ । तर, घरजग्गा कर ऐन अनुसार सहरी क्षेत्रको कुनै घरजग्गा भत्की, बिग्री बस्न नहुने भएमा नेपाल सरकारले यस्तो घरमा प्रचलित ऐन अनुसार लाग्ने करको केही भाग वा पूरै माफी गर्न सक्ने व्यवस्था छ । सो एनेको दफा १० को १ मा यस्तो व्यवस्था भए पनि विभिन्न नाफामूलक उद्देश्यले खोलिएका शिक्षालय र अन्य कारोबार गर्ने संस्थाहरूलाई कर छुटको व्यवस्था छैन । तर, महानगरले कलंकीमा रहेको एलआरआई स्कुल, सामाखुसीको आत्मज्ञान प्रचार संघलगायतलाई ०६८ कात्तिक १३ गतेको निर्णयले कर छुट गरेको हो । महानगरले त्यस्ता संस्थालाई कर छुट भएको भन्दै पत्रसमेत दिएको छ । त्यस्ता संस्था दर्जनौं रहेको महानगर स्रोतले बतायो । प्रशासन प्रमुख रामप्रसाद पौडेलको दबाबमा च्यानल मिलाएर छुट गरिएको हुनाले छुट पत्रमा महाशाखा प्रमुखलगायतका साथै प्रशासन प्रमुख पौडेललाई पनि हस्ताक्षर गराइएको छ । आफू मात्र फसिने डरले पौडेलकै दबाबमा कर छुट गराइएकाले पत्रमा उनलाई समेत हस्ताक्षर गराइएको महानगरका एक कर्मचारीले बताए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply