शाहरुख आए, गए
अधिकांश विदेशीहरूका निम्ति नेपाल सदैव रमणीय थलोको रूपमा रहँदै आएकोमा दुई मत छैन । आँखैमा टाँसिने हिमशृंखलाहरू, मनोरम पहाडी भूभाग र बुद्धको जन्मथलोले जुन कुनै विदेशीहरूलाई लोभ्याउनु सामान्य कुरा हो । त्यही कारण, सामान्य मात्र होइनन्, हलिउड र बलिउडमा जमेका कलाकारदेखि विश्व प्रसिद्ध गायक/गायिकाहरूको समेत घुमघामको सूचीमा नेपाल पर्दै आइरहेको छ। तर, कतिपय विदेशी सेलिब्रिटी कलाकारहरू भने नेपाल सुटुक्क आउँछन् र सुटुक्क नै फर्किन्छन् । खासगरी, हलिउडका धेरैजसो चर्चित कलाकारहरू गुपचुप रूपमा नेपाल आएर आफ्नो चयनका थलोहरूमा चुपचाप घुमेर फर्किएका थुप्रै उदाहरण छन् । तर, हलिउडका कलाकारजस्ता होइनन्, बलिउडका कलाकार । उनीहरू नेपाल आउँदा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै नेपाली फ्यानहरूद्वारा घेरिन्छन्, जसरी दुई दिनअघि बलिउडका प्रख्यात हिरो शाहरुख खान नेपाल आउँदा घेरिएका थिए । बलिउडका प्रख्यात कलाकारहरू हत्पति नेपाल घुम्न आउँदैनन् । नजिकैको तीर्थ भएर हेला गरेका हुन् वा कार्यव्यस्तताको कारण हो, अधिकांश बलिउड कलाकारको सूचीमा नेपाल घुमघामको सूचीमा पर्दैनन् । साँच्चै भन्ने हो भने हलिउडका कलाकारको भ्रमणको सूचीमा नेपाल परे पनि बलिउडका कलाकारले भने नेपाल घुमाइलाई सदैव उपेक्षा गर्दै आइरहेका छन् ।
यदि, बलिउडका कलाकार नेपाल आउँछन् भने घुमघामका लागि होइन, कुनै भारतीय कम्पनीको उत्पादनको प्रवद्र्धन गर्नका लागि आउने गरेका छन् । जसरी अहिले शाहरुख खान एउटा भारतीय रङ कम्पनीको उत्पादनको प्रवद्र्धनका लागि आए । त्यसरी नै पहिला–पहिला पनि नेहा धुपिया हुन्, ईशा देओल हुन् वा मल्लिका सेहरावत नै किन नहुन्, उनीहरूले कुनै भारतीय कम्पनीको उत्पादनको प्रवद्र्धनका लागि मात्र नेपाल टेक्ने गरेका थिए । र, अहिले शाहरुखको नेपाल टेकाई र केही घन्टाको बसाई पनि त्यही उद्देश्यभन्दा फरक नहुनुलाई अनौठो मान्नु नपर्ला ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply