कार्यकर्ता भेट्दै माधव दौडाहामा
काठमाडौं । स्थायी समितिको बैठक जति बसे पनि कुनै निष्कर्ष निकाल्न नसक्ने, अरू दलसँग हुने वार्तामा पनि समन्वय नहुने र यति लामो सयमसम्म केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन पनि हुन नसक्ने अवस्था देखेर दिक्क हुनुभएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल कार्यकर्ता भेट्ने दौडाहामा हुनुहुन्छ । चितवन, तनहुँ, कास्की र पर्वतका कार्यकर्ताबीच चार दिन बिताएर गत आइबार राजधानी फर्किनुभएका वरिष्ठ नेता नेपाल दुई दिन काठमाडौं बसेर मंगलबार जाजरकोट पुग्नुभएको छ । त्यहाँ पुग्नुअघि सोमबार बिहान नेपालगन्ज पुग्नुभएका उहाँलाई बाँके जिल्ला कमिटीका अध्यक्ष अशोक कोइराला, सभासद् दलबहादुर सुनार, जिल्ला कमिटी सचिव रत्न खत्री, पूर्वसल्लाहकार बाबुराम गौतम, महेन्द्रराज शर्मालगायतका नेता–कार्यकर्ताले स्वागत गरेका थिए । त्यसलगत्तै पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले आफ्नो पार्टीको ध्यान संविधान निर्माणमा भएका कारण सरकार बदल्ने बारेमा नसोचिएको बताउनुभएको थियो । लगत्तै वरिष्ठ नेता नेपालले बाँकेका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनको महिला कार्यकर्ता भेलालाई समेत उहाँले सम्बोधन गर्नुभएको थियो ।
कोहलपुरमा एउटा रेडियो अवलोकन गर्नुका साथै एमालेको १ नम्बर क्षेत्रीय कमिटीका नवनिर्वाचित सचिव गोपी खनालका बुबाको ८४ पूजामा सहभागी हुन उहाँ रझेना पुग्नुभएको थियो । सोमबार बेलुकी ४ बजे शिक्षा क्याम्पसको हलमा आयोजित सुर्खेत जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएका वरिष्ठ नेता नेपाल त्यहाँ पुग्दा भेरी अञ्चल संयोजक यामलाल कँडेल, वैकिल्पक केन्द्रीय सदस्यद्वय लक्ष्मीप्रसाद पोखरेल र राजबहादुर बुढालगायतले स्वागत गरेका थिए। उहाँले साँझ आफू बसेको सत्कार होटलमा दैलेख र सुर्खेतका कार्यकर्तासँग अलग–अलग भेट गर्नुभएको थियो । मंगलबार बिहान जाजरकोट प्रस्थान गर्ने क्रममा वरिष्ठ नेता नेपालले बोटेचौरमा उहाँलाई स्वागत गर्न बसेका जनतासँग भेटघाट गर्नुभएको थियो । त्यसपछि गोजीखोलामा एमाले जिल्ला कमिटी सदस्य ऐनबहादुर चन्द, टेकेन्द्र बस्नेत, नेत्रलाल महतारासहित करिब डेढ सय जनाले भेटेर विद्युतीकरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । सोही स्थानबाट ऊर्जामन्त्री राधा ज्ञवालीलाई टेलिफोन गरी उहाँले तत्काल विद्युतीकरणको प्रक्रिया थाल्न निर्देशन दिनुभएको थियो । सुर्खेती जनताका प्रिय नेता स्वर्गीय ऋषि शर्माको जन्मस्थान सुन्तलाको बाँखर्कमा उपस्थित जनतासँग पनि उहाँले भेटघाट गर्नुभएको थियो । सुर्खेत र जाजरकोटको सीमा छेराखोलामा वरिष्ठ नेता नेपालको टोलीलाई ठूलो संख्यामा उपस्थित जनताले स्वागत गरेका थिए । त्यहाँबाट ५० जना युवाले मोटरसाइकलमा स्कर्टिङ गर्दै उहाँलाई जाजरकोटको सदरमुकाम खलंगा पुर्याएका थिए ।
खलंगाको ठाँटीमा आयोजित जनसभामा वरिष्ठ नेता नेपालले राप्रपाका जिल्ला अध्यक्ष कृष्णविक्रम शाह, उद्योग वाणिज्य संघका अध्यक्ष कमानसिंह खड्कालगायत ठूलो संख्यामा रहेका कार्यकर्ताहरूलाई एमाले प्रवेश गराउनुभएको थियो । केन्द्रीय सदस्यहरू यामलाल कँडेल, लक्ष्मी पोखरेल, राजबहादुर बुढा, पूर्वसांसद रत्नप्रसाद न्यौपाने, युवा नेताहरू रत्न खत्री, डण्डी शर्मालगायत पनि खलंगा पुगेका छन् । आज बिहान आठ बजे आयोजित जिल्ला विकास समितिको जिल्ला परिषद्को उद्घाटन गरेर उहाँ नसाँझै राजधानी फर्किने कार्यक्रम रहेको साथमै रहेका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । गत महाधिवेशनका बेला वरिष्ठ नेता नेपालका लागि प्रतिकूल रहेको भेरी अञ्चलमा त्यसपछि भएका जिल्ला अधिवेशनहरूमा पूरै उहाँका पक्षमा माहौल छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply