हात्तीका दाह्रा कति प्यारा !
काठमाडौं । प्रहरीको बर्दीलाई कमाउने अस्त्र बनाउँदै आएका चितवनका एसपी सहकुलबहादुर थापाले पछिल्लो समय चितवनमा बसेर हात्तीको दाह्राको तस्करी थालेको स्रोतको दाबी छ । सिन्धुपाल्चोकमा डीएसपी भएका बेला रक्त चन्दन तस्करी संस्थागत गरेर यथेष्ट कमाएका थापा अहिले चितवनमा बसेर पनि तस्करीमा संलग्न भएको गुनासो बढेको छ ।
चितवनका पत्रकार नारायण शर्मालाई आक्रमण गर्नेलाई ५ महिनासम्म नपक्रनुमा पनि आक्रमणकारीसँग एसपी थापाको मिलेमतो रहेको कुरा उठेको थियो । जता गयो त्यतै मालपानीको दह्रो व्यवस्थापन गर्नसक्ने खुबी भएका एसपी थापाले चितवनमा लुटको स्वर्ग नै मच्चाएको स्थानीयहरू बताउँछन् ।
एसपी थापाका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्ति आर्जन गरेको उजुरी परे पनि उनले चितवनमा डन, भन्सार छली गरी सामान भित्र्याउनेहरूसँग कमिसन खाने क्रम जारी नै राखेका छन् ।
प्रहरी स्रोतका अनुसार एसपी थापा र लेखापाल दीपेन्द्र भट्टबीच पछिल्लो समयमा जिल्लामा जाने बजेटमा कमिसनमा कुरा नमिलेर शीतयुद्ध चर्किएको छ । प्रहरी सहायक निरीक्षक हुँदा लेखापाल बसी कुस्त सम्पत्ति आर्जन गरेका र प्रनानि बढुवापछि लेखापालबाट बाहिरिएका भट्ट पुन: एकेन्द्र खड्काहरूलाई लाखौं रुपियाँ घुस खुवाएर भक्तपुरको लेखापाल भएका थिए । भक्तपुरमा २ वर्ष बसिसकेपछि एकेन्द्र खड्काकै समूहलाई घुस खुवाएर चितवन सरुवा भएका भट्ट र एसपी थापा दुवै भ्रष्ट भएकाले उनीहरूबीच बजेटको कमिसनमा विवाद भएर बोलचाल नै बन्द भएको बुझिएको छ । एसपी थापाले उद्योगमन्त्री महेश बस्नेतलाई प्रभावमा पारेर आईजीपीको इच्छाविपरीत चितवन सरुवा भएको कुरा सार्वजनिक भएको थियो । मन्त्री हुनुअघि र पछि पनि एसपी सहकुलको निम्तामा बस्नेत पटक–पटक चितवन जाने गरेका छन् । एसपी थापाले चितवनमा रकम असुलीका लागि घुमुवाका रूपमा इन्स्पेक्टर रुगम कुँवरको नेतृत्वमा असई सिकन्दर सिंहसहितको टोली परिचालन गरेका छन् । रुगम कुँवरको टोलीलाई ठेकेदार, मल कारोबारी, होटल व्यवसायीबाट रकम उठाइदिन सहजीकरण गर्ने काम गंैडाकोटका अमृत भट्टचनले
गर्दैआएका छन् । इन्स्पेक्टर कुँवर र भट्टचन प्राय: सँगै हुने गर्दछन् र दिनमा उनीहरूबीच १५ पटकभन्दा बढी कुरा हुनेगरेको आईजीपी उपेन्द्रकान्त अर्यालले कलडिटेल उतारेर हेर्दा पनि प्रस्ट हुने स्रोतको दाबी छ । एसपी थापाले मलका कारोबारी, होटलहरूबाट मासिक असुली गर्न घुमुवा कुँवरलाई परिचालन गरेका छन् । रत्ननगरको टाँडी इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी टीका कार्कीले भारतको बाटोबाट चोरी तस्करी गर्नेहरूबाट पनि एसपीलाई कमिसन बुझाएकै कारण टिकिरहेको बताइन्छ ।
तरुण दलको नवलपरासी अध्यक्ष बताउने भट्टचनको जिल्लाका डीएसपी राजन अधिकारी र इन्स्पेक्टर कुँवरसँगको हिमचिम देख्नेहरू भट्टचन प्रहरी नै हुन् कि भनेर भ्रममा पर्ने गरेका छन् । जिल्लाका ठेक्कापट्टालगायतका काम सबै प्रहरीको प्रभाव देखाएर भट्टचनले लिने गरेका छन् । चितवनका डनहरू मुसे, कमिला समूहका सञ्चालन नै भित्रभित्रै भट्टचनले गर्दैआएको बताइन्छ ।
एसपी सहकुल थापा चितवन सरुवा भएपछि नै गुन्डागर्दीमा सक्रिय समूहको मनोबल बढेको थियो । अकुत सम्पत्ति थुपारेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । बस्नेतविरुद्ध सिन्धुपाल्चोकको प्रहरी प्रमुख हुँदा अवैध वन पैदावर रक्तचन्दन चीनतर्फ तस्करी गरी अकुत सम्पत्ति आर्जन गरेको उजुरी अख्तियारमा परेको छ । उनको सम्पत्तिका बारेमा अख्तियारले छानबिन गरिरहेको बुझिएको छ । भक्तपुरको नखेलका सामान्य आर्थिक हैसियतका थापाले भक्तपुरकै जगातेमा दुई वटा अत्याधुनिक घर निर्माण गरी भाडामा लगाएका छन् । काभ्रेको काठमाडौं विश्वविद्यालयनजिकै रोपनीकै ५० लाख रुपियाँ पर्ने आठ रोपनी जग्गासमेत उनले खरिद गरेको भनी अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।
राजधानीपछि सबैभन्दा बढी गुन्डागर्दी हुने जिल्लामा चितवनलाई लिइन्छ । चितवनमा चमेरो समूह र कमिला समूहले गुन्डागर्दीको जरो गाडेका छन् । चितवनमा डनगिरी मच्चाउनेमा सुरज तिवारी, प्रकाश रेग्मी, प्रमिस राई, विकास कोइराला, भानु न्यौपाने, कुमार गुरुङ ‘भड्डु’ यमबहादुर कार्की, वचन कार्की, फणिन्द्र भण्डारीलगायत अग्रपंक्तिमा आउँछन् । विदेश पठाउने नाममा दर्जनौं व्यक्तिसँग रकम लिएर फिर्ता नगरी उल्टै पीडितहरूलाई गृहमन्त्री वामदेव गौतमको नाम बेच्दै धम्क्याउने गरेको आरोप तिवारीमाथि लाग्ने गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply