पूर्वमा नेपाललाई स्वागत
भोजपुर । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विभिन्न कार्यक्रममा भोजपुर पुग्दा भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री हुँदा निर्माण प्रारम्भ भएको तर, विविध कारणले निर्माण कार्य रोकिएको र हालसम्म निर्माण सम्पन्न हुन नसकेको संखुवासभाको तुम्लिङटार र भोजपुरको दिङ्लाबीच रहेको अरुण नदीको लम्सुवा घाट पुलको अवलोकन गर्नुभयो ।
नेता नेपाल नेपाल बुद्धिजीवी परिषद्, संखुवासभाको चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्न भोजपुर पुग्नुभएको हो । उक्त कार्यक्रममा पोलिटब्युरो सदस्य पर्शुमेघी गुरुङ, अञ्चल इञ्चार्ज जीवन घिमिरेलगायतको नेताहरूको उपस्थिति रहेको थियो । नेता नेपालले दिङ्लाबासीको भव्य स्वागतपछि षडानन्द नगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटनसमेत गर्नुभयो । नेता नेपालले सो पुलको निरीक्षण गर्दै स्थानीयको गुनासो पनि सम्बोधन हुने आश्वासन दिनुभयो । उक्त पुल निर्माणमा पिलर निर्माण गर्दा तल कडा चट्टान परेको भन्दै ठेकेदारले काम रोकेको र सरकारले बजेट नबढाएका कारण निर्माणमा समस्या भएको स्थानीयले गुनासो गरेका थिए । पुलको अवलोकनपश्चात् उक्त टोली अरुण नदी झोलुंगे पुल तरी भोजपुर जिल्ला प्रवेश गर्नुपुर्व भोजपुर तथा दिङ्ला क्षेत्रका नेताहरूका साथमा भोजपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक तथा सशस्त्र प्रहरी नायब उपरीक्षकद्वारा स्वागत गरिएको थियो ।
उक्त टोलीलाई ठूलो मात्रामा उत्पादन तथा बिक्री हुने रुदाक्षका बोटहरू बीचबाट भोजपुरको दिङ्ला पुग्दा हजारौं कार्यकर्ता तथा स्थानीय जनसमुदायले लामबद्ध बनेर खादा, माला तथा पुष्पगुच्छाले स्वागत गरेका थिए । उक्त समारोहमा स्थानीय पार्टी कमिटीद्वारा उक्त क्षेत्रमा रहेका समस्याहरूको समाधान तथा क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिनका लागि अनुरोधपत्र प्रदान गरिएको थियो । उद्घाटन समारोहपश्चात् बालागुरु षडानन्दको शालिक भएको स्थानको अवलोकन, षडानन्द गुठीको कार्यालयमा उक्त गुठीद्वारा स्वागत तथा जानकारी प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको थियो । षडानन्द विद्यालय सञ्चालनमा देखिएका समस्या समाधानका लागि सहयोग गरिदिन अनुरोध गरिएको थियो ।
सोही स्थानमा स्थानीय उद्योग वाणिज्य संघका पदाधिकारीहरूद्वारा स्वागत तथा जानकारी प्रदान गरिएको थियो भने २८ गते बेलुकी संखुवासभाको खाँदवारीमा पुग्दा स्थानीय कार्यकर्ता तथा नेताद्वारा भव्य स्वागत तथा बेलुकी स्थानीय नेता–कार्यकर्तासँग भेटघाट भएको थियो । त्यस्तै, (एमाले) अञ्चल इन्चार्ज जीवन घिमिरे, केन्द्रीय लेखा आयोग सदस्य उमेश डाँगी, एमाले संखुवासभा अध्यक्ष हेमराज घिमिरे, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकलगायत झन्डै २०० को संख्यामा रहेका पार्टी कार्यकर्ता तथा सर्वसाधारणद्वारा वरिष्ठ नेता नेपाललाई स्वागत गरिएको थियो ।
२९ गते बिहान संखुवासभा उद्योग वाणिज्य संघद्वारा स्वागत तथा अन्तक्र्रियासमेत सम्पन्न भयो । कार्यक्रममा एनेकपा माओवादी तथा नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्ने जिल्लादेखि गाउँ तहका एक दर्जन कार्यकर्तालाई टीका तथा खादा लगाएर वरिष्ठ नेता नेपालले पार्टीमा भित्र्याउनुभएको थियो । नेता नेपालका साथमा केन्द्रीय कमिटीका सदस्यद्वय जयन्ती राई, राजेन्द्र राई तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठ सहभागी हुनुुहुन्थ्यो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply