कांग्रेसको योजना तीन वर्षपछि संविधान
काठमाडौं । बाहिर–बाहिर संविधान निर्माणको बाधकका रूपमा ३० दलीय विपक्षी मोर्चा देखिए पनि भित्र–भित्र सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले संविधान निर्माण नचाहेको चर्चा सत्तावृत्तमै चल्न थालेको छ ।
विश्वस्त स्रोतका अनुसार, नेपाली कांग्रेस कम्तीमा पनि तीन वर्षसम्म संविधान नबनाउने पक्षमा छ । यसै पनि यो संविधानसभाको अवधि चार वर्षको भएको हुनाले त्यही अवधिभित्र संविधान निर्माण गर्ने तर अहिले कुनै हतार नगर्ने उसको योजना रहेको सुइँको सत्ता साझेदार एमाले वृत्तले पाएको छ । आइतबार साँझ बालुवाटारमा भएको बैठकमा मिति तोकेर संविधान बनाऔं भन्ने एमालेको प्रस्तावमा कांग्रेसले आनाकानी गरेपछि झस्किएका एमाले नेताहरुले त्यसबारेमा सोधखोज गरेका छन् ।
पहिला एमाले नेताहरुलाई आगामी भदौमा हुने महाधिवेशनअघि संविधान निर्माण गर्दा प्रधानमन्त्री पनि छाड्नुपर्ने भएकाले प्रधानमन्त्री सुशील कोइराला महाधिवेशन अघि संविधान जारी गर्ने पक्षमा छैनन् भन्ने परेको थियो । यो कुरा बुझेरै एमाले अध्यक्ष केपी ओलीले घरमै बोलाएर आगामी कात्तिकसम्म कोइराला नै प्रधानमन्त्री बनेमा आफूलाई आपत्ति नहुने तर संविधान चाहिं जारी गर्नुपर्ने कुरा बताउनुभएको थियो ।
तर, कांग्रेसको तीन वर्षको अलग्गै रोडम्याप भएको बताइन्छ । तीन वर्षसम्म संविधान निर्माण नगर्ने, त्यतिञ्जेल डा. रामवरण यादव राष्ट्रपतिमा र कोइराला प्रधानमन्त्रीमा यथावत् रहने, तीन वर्षपछि संविधान निर्माण गरेपछि कोइरालालाई राष्ट्रपति बनाउने राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाको भित्री सहमति भएको स्रोतको दाबी छ ।
कांग्रेसमा रहँदा सधैं कुरा मिल्ने यादव र कोइरालाबीच उक्त कुरा भएको स्रोतको दावी छ । एक उच्च स्रोतले भन्यो– ‘कोइराला कार्यबाहक सभापति हुँदा यादव महामन्त्री हुनुहुन्थ्यो । अहिले राष्ट्रपति भए पनि वास्तवमा यादवको नेता कोइराला नै हो भन्ने प्रस्ट छ । त्यसैले उहाँहरुबीच त्यस्तो सहमति हुनु अस्वाभाविक होइन ।’
कांग्रेसको असन्तुष्ट शेरबहादुर देउवा समूहले पनि यो कुराको सुइँको पाएको बताइन्छ । त्यही भएर अहिले देउवा समूह संस्थापनसँग तीव्र असन्तुष्ट छ । आगामी महाधिवेशनबाट पार्टीको सभापति र कोइरालापछि जतिसक्दो चाँडो प्रधानमन्त्री हुने दौडमा लागेका देउवालाई संस्थापनको यो रोडम्यापले झस्काएको छ ।
बाहिर–बाहिर संविधान निर्माणको मुख्य समस्या संघीयतामा रहेको र त्यो पनि पूर्वमा झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली र कञ्चनपुरमा रहेको बताउने गरिएको छ । जतिसुकै आन्दोलनकाकुरा गरे पनि एमाओवादी आन्दोलनबाट कुनै उपलब्धि प्राप्त हुँदैन भन्ने निष्कर्षमा पुगिसकेको छ । अघिल्लो हप्ताको आमहड्ताल फिर्ता घोषणाले वार्ता र संवादबाटै संविधान निर्माण गनुपर्छ भनेर एमाओवादी लत्रिएको कुरालाई पुष्टि गर्छ । यो अवस्थामा सबैभन्दा ठूलो दल र सरकारको नेतृत्व पनि गरेको हुनाले कांग्रेसले गम्भीरतापूर्वक पहलकदमी लिँदा संविधानका विवादित विषयमा समाधान खोज्न सकिने भए पनि कांग्रेसले त्यतापट्टि रुचि नदेखाएको स्रोतले बतायो ।सहमति निर्माणका लागि हुने छलफलमा पनि कांग्रेस गम्भीर रूपमा प्रस्तुत नहुने गरेको एक नेताले बताए । कुनै विषयलाई ठोस ढंगले बैठकमा राख्नासाथ कांग्रेसका नेताहरू ‘अर्को दिन यसमा विस्तृत छलफल गरौंला’ भन्दै तर्किने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply