मुख्यसचिवलाई धपाएपछि ढुक्क
काठमाडौं । बिहान सात नबज्दै मुख्यसचिव लीलामणि पौडेल गृहमन्त्रालयमा रहेको विपद् व्यवस्थापन केन्द्रमा पुगेर हकारपकार गरेको अल्छी कर्मचारीलाई मन पर्ने कुरै भएन । त्यसमा पनि यसो हो र उसो हो भन्दै काममा विलम्ब गर्नेहरुलाई उनले ठाउँका ठाउँ सातो लिने हुँदा झन् मन नपर्नु अस्वाभाविक भएन ।
तर त्यही कारणले मात्र मुख्यसचिव पौडेललाई विपद् व्यवस्थापन केन्द्रबाट बाहिरिन बाध्य बनाएको चाहिँ होइन । भिसा प्रोसेसिङको ठेक्का विदेशीलाई दिएर एकैपटक ठूलो ‘सफलता’ हातमा पारेर कहिल्यै सरकारमा नफर्किने गरी बाहिरिने योजनामा रहेका गृहमन्त्री वामदेव गौतमले पौडेलकै सहयोगले उक्त प्रस्ताव विवादित बनेको ठानेकाले उनलाई मन पराइरहेका थिएनन् । मुख्यसचिव पौडेल स्वयम्ले कमान्ड सम्हालेपछि गौतमलाई मात्र होइन, कतिपय शक्तिकेन्द्रलाई पनिचित्त बुझेको थिएन ।
त्यही दिन चाहिँ एउटा त्यस्तो घटना पर्यो, जसबाट मुख्य सचिव पौडेलले विपद् व्यवस्थापन केन्द्र छाड्नुपर्यो । नेपाल नागरिक उड्ड्यन प्राधिकरणको अनुमतिबिना त्यस दिन भारतीय वायुसेनाको विमानले पोखरा विमानस्थलमा अवतरण गरेको खबर मुख्यसचिव पौडेलसमक्ष आइपुग्दा उनले त्यसलाई सहन सक्ने कुरा भएन । मन्त्रीहरुसमेत सम्मिलित बैठकमा उनले उक्त कुरा जस्ताको तस्तै राखिदिए । उनको कुरा धेरै मन्त्रीलाई पचेनछ भन्ने कुरा थाहा पाउन धेरै समय कुर्नुपरेन, जब कांग्रेस र एमालेका मन्त्रीहरुले एउटै स्वरमा उनको विरोध गरे । त्यति नै बेला प्रधानसेनापति गौरवशम्शेर राणाले उद्धार र राहतका बेला नेपाली सेना सिभिलियन अथोरिटीको मातहतमा बस्न नसक्ने कुरा गरे । एकसाथ सबैतिरबाट हमला भएपछि बाध्य भएर पौडेल प्रधानमन्त्री कार्यालयमा रहेको चर्केको आफ्नो कार्यालयमा फर्के ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply