के गर्दै छन् गाउँ पुगेका स्वयम्सेवक ?
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय स्वयंसेवक परिचालन समितिद्वारा जेठ १० देखि असार १० सम्म सञ्चालित एकमहिने अभियान गरिने अभियानको पहिलो दिन नै उत्साहजनक काम भएको छ । कार्यक्षेत्रमा पुगेका टोलीहरूले आ–आफ्नो काम सुरु गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले सोमबार दोलखा र रामेछाप पुगेर क्षति, राहत र पुन:स्थापनाका बारेमा जानकारी लिनुभएको छ । दोलखा सदरमुकाम चरिकोटका साथै जिरी र रामेछापको सदरमुकाम मन्थली, चुचुरे, शिवालय, ठोसे, पुरानो सदरमुकाम रामेछाप पुग्नुभएको थियो ।
वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं क्षेत्र नं. ६ झोरस्थित झोर मावि भवन निर्माण कार्यको शुभारम्भ गर्नुभयो भने महासचिव ईश्वर पोखरेलले टोखा चण्डेश्वरीमा क्षतिग्रस्त स्थानीय बासिन्दाको घर निर्माणको नेतृत्व गर्नुभयो ।
रसुवा : वैकल्पिक केन्द्रीय सदस्य तिलक महतको नेतृत्वमा रसुवाको भोर्लेटार लामाचेप गाविसमा पुगेको लुम्बिनी अञ्चलबाट आएको टोलीको सम्मानमा कालिकास्थानमा सर्वदलीय स्वागत कार्यक्रम सम्पन्न भयो । सबैभन्दा धेरै घर क्षति भएको यस गाविसमा नवलपरासीबाट पुगेको टोली वडा नं. ४ खालचोक, गुल्मी–पाल्पाबाट पुगेको टोली वडा नं. ७ आापचौर र अर्घाखााचीबाट पुगेको टोली वडा नं. ९ ध्ुसेनीमा कार्यविभाजनका साथ कार्यक्षेत्रमा जुटेको छ ।
धादिङ : रूपन्देही जिल्ला कमिटीका उपाध्यक्ष शिव सुवेदीको नेतृत्वमा धादि क्षेत्र नं.१ सल्यानटार पुगेको टोलीले स्थानीय स्वास्थ्य चौकीको सरसफाइ र मर्मतसम्भार गरेको छ । कपिलवस्तु जिल्ला अध्यक्ष झविराज पोखरेलको नेतृत्वमा आएको टोली यस क्षेत्रको आरुघाट पुगेर काममा जुटेको छ । पार्टी पोलिटब्युरो सदस्य गंगालाल तुलाधर नेतृत्वको अनेरास्ववियुको स्वयंसेवक टोली धादिङ क्षेत्र नं. २ स्थित सदरमुकाम नीलकण्ठ नगरपालिका पुगेको छ ।
युवा नेता बाबुराम थापाको नेतृत्वमा कोशी अञ्चलबाट आएको टोली क्षेत्र नं. ३ को थाक्रे गाविसमा पुगेर काम सम्हालेको छ । उक्त टोलीले ९ वटै वडामा कार्यविभाजन गरी स्थानीय पीडितजनसाग मिली निर्माण थालनी गरेको छ ।
सिन्धुपाल्चोक : सबैभन्दा बढी मानवीय क्षति भएको यस जिल्लामा आएको टोलीले धुमथानबाट क्षेत्र नं. १ मा तोकिएको कार्य आरम्भ गरेको छ । प्युठान जिल्ला अध्यक्ष तुलसीराम शर्माको नेतृत्वमा राप्ती अञ्चलबाट आएको स्वयंसेवक टोली सिपापोखरी पुगेको छ । पार्टीका पूर्व जिल्ला अध्यक्ष तथा सभासद् सुभाष कर्माचार्य र जिल्ला कमिटीका अध्यक्ष झम्क नेपाललगायतले स्वयंसेवक टोलीको स्वागत गरी पुन:निर्माण कार्यको योजना बनाउनुभएको छ । क्षेत्र नं. ३ को टोलीले शिखरपुरस्थित तेर्से मावि, तारामराङ्स्थित सरस्वती उच्चमावि र महांकालस्थित शीतलादेवी उच्च मावि भवनहरू निर्माण गरी कामको थालनी गरेको छ । यस क्षेत्रका सबै विद्यालय भवनहरू पुन:निर्माण र मर्मत सम्भार गरी पठनपाठन सञ्चालन गर्नयोग्य बनाउन स्वयंसेवक टोली परिचालन हुने भएको छ ।
दोलखा : वैकल्पिक केन्द्रीय सदस्य शेरबहादुर केसीको नेतृत्वमा राप्तीबाट आई बाबरे पुगेको स्वयंसेवक टोलीले बाबरेस्थित निकोभूमि माविको निर्माण गरी कामको थालनी गरेको छ । यस क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनहरुको पुन:निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ ।सिन्धुली : स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले स्थानीय सभागृहमा आयोजित एक कार्यक्रमबीच जेठ १० गते बिदाइ गर्नुभएको जनकपुर अञ्चलको स्वयंसेवक टोली कार्यक्षेत्रमा जुटेको छ ।
सिन्धुली– क्षेत्र नं. १ को टोली पोखरी गाविसमा पुगेर जिम्मेवारी बहन गर्न प्रस्थान गरेको छ । क्षेत्र नं. २ को एक टोली सदरमुकाम कमलामाईस्थित नगर क्षेत्रमा पुन: निर्माणमा जुटेको छ । यस क्षेत्रमा खटिएको मूल टोली बासेश्वर गाविस पुगेर पुन:निर्माणमा जुट्न प्रस्थान गरेको छ । क्षेत्र नं. ३ को टोली हरिहरपुरगढी पुगेर पुन:निर्माणमा जुटेको छ ।
ओखलढुंगा : केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा जिल्ला सदरमुकाममा स्वयंसेवकहरूको बिदाइ तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा वैकल्पिक पोलिट्ब्युरो सदस्य जगन्नाथ खतिवडा, केन्द्रीय सदस्यहरू यज्ञराज सुनुवार र बलदेव चौधरीलगायतका नेताहरूले अभियानको उद्देश्य र कार्ययोजना बारेमा प्रकाश पार्नुभयो ।
क्षेत्र नं. १ – कोचघाट र ककनी गाविसमा जनताका भत्किएका घरहरूको पुन: निर्माण थालिएको छ । क्षेत्र नं. २– रागादीप र जेसी गाविसमा यस टोलीले स्कुल र स्वास्थ्य चौकी भवनको पुन:निर्माण कार्य थालेको छ ।
हेटौंडा : स्थायी समिति सदस्य कमरेड सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्य तथा अर्का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माको विशेष आतिथ्यमा आज हेटौंडाको हुप्रचौर स्थित ‘क्वीक–२०’ पार्टी प्यालेसमा मकवानपुर र चितवनका स्वयंसेवकहरूको बिदाइ कार्यक्रम सम्पन्न भयो ।
मकवानपुर: क्षेत्र नं. १ मा बेतिनी र मन्थली गाविस, क्षेत्र नं. २ मा टिस्टुङ र थाहा नगरपालिका वडा नं. ३ र १५, क्षेत्र नं. ३ मा हेटौंडा उपमहानगरपालिका वडा नं. १२ र १६, क्षेत्र नं. ४ – आग्रा र नाम्टार गाविसमा काम सुरु भएको छ ।
चितवन: क्षेत्र नं. १ मा लोथर, क्षेत्र नं. २ मा सिद्धी गाविस, क्षेत्र नं. ३ मा दारेचोक र काउले गाविसमा काम सुरु भएको छ । सोलुखुम्बु : वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारीको संयोजनमाखटिएको स्वयंसेवकहरूको टोली देहायबमोजिम कार्यक्षेत्रमा खटिने भएको छ : बासा, काकु, चोलखर्क र भकाञ्जे गाविस ।
गण्डकी: गोरखा र लमजुङका लागि खटिने स्वयंसेवक टोलीहरूको बिदाइ तथा शपथग्रहण कार्यक्रम जेठ १२ गते पोखरामा हुनेछ । केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बिदाइ गरेपश्चात् उक्त टोली कार्यक्षेत्रमा जिम्मेवारी बहन गर्न प्रस्थान गर्नेछ : क्षेत्र नं. १ मा नारेश्वर र आश्राङ, क्षेत्र नं. २ मा आरु–आरुबाङ र धावा, क्षेत्र नं. ३ मा गाईखुर र केराबारी गााविसमा काम सुरु भएको छ ।
तनहुँ: क्षेत्र नं. १ मा बन्दीपुर, बसन्तपुर र पुर्कोट, क्षेत्र नं. २ मा व्यास नगरपालिका, वडा नं. ९, ४ ७ र १, केशवटार, साबुङ र रिसिङ तथा क्षेत्र नं. ३ मा शुक्लगण्डकी नगरपालिका, नगरपालिका १४, घिरिङ, गजुरकोट, राइपुर र अरुणोदयमा कार्यक्षेत्र सम्हाली तीनवटै नगरपालिका र ४१ वटा गाविससम्म पुग्नेछ ।
रामेछाप : क्षेत्र नं. १ र २ दुवैमा मन्थलीबाट अलग–अलग टोली प्रस्थान गर्नेछन् । कर्णाली अञ्चलबाट आएको एउटा टोली र राटिय खेलकुद महासंघबाट आएको अर्को टोलीले जिल्लाका सबै भत्किएका घरहरूमा अस्थायी बसोबासको प्रबन्ध मिलाउने गरी स्थानीय स्वयंसेवक, पार्टी नेता, कार्यकर्ता र समर्थकहरूसहित व्यापक परिचालनको योजना बनाएको छ ।
नुवाकोट : सम्पर्क समन्वय कमिटीका स्वयंसेवकहरू सम्मिलित टोली जिल्लाको क्षेत्र नं. १ स्थित मदनपुर गाविसमा रहेको नवजीवन माविको प्रांगणमा पुगेर काममा जुटेको छ । उपाध्यक्ष तथा यस जिल्लाको अनुगमनमा खटिनुभएका युवराज ज्ञवालीको नेतृत्वमा उक्त विद्यालय भवनको भत्किएका संरचना व्यवस्थित गर्ने कार्य गरिएको छ ।
क्षेत्र नं. २ मा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईको संयोजनमा रहेको टोली खानीगाउँ र गणेशस्थान गाविसमा पुगेर पुन:निर्माण कार्यमा जुट्न प्रस्थान गरेको छ भने क्षेत्र नं. ३ मा वैकल्पिक केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज खेम लोहनीको संयोजनमा रहेको टोली कल्याणपुर र बुधसिंह गाविसमा पुगेर पुन:निर्माण कार्यमा जुट्न अग्रसर रहेको छ । यस क्षेत्रमा अनेरास्ववियुले काउलेस्थित ऐंसेलुभूमि उच्च माविको भवन पुन:निर्माण गरिसकेको छ ।
काठमाडौं : क्षेत्र नं. २ को सााखुमा केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुसाल नेतृत्वको टोलीले कार्य थालनी गरेको छ ।
क्षेत्र नं. २ कै लप्सीफेदी र नाङ्लेभारेमा वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठको टोली पुन:निर्माण कार्यका लागि प्रस्थान गरेको छ । क्षेत्र नं. ३ को बूढानीलकण्ठ नगरपालिका वडा नं. १५, १६ र १७ स्थित चुन्नीखेलमा पुराना घरहरू भत्किएर रहेका संरचना व्यवस्थित गर्न टोली क्रियाशील भएको छ । केन्द्रीय सदस्य डा. राजन भट्टराईको नेतृत्वमा एउटा स्थानीय टोली र अनेमसंघको अर्को केन्द्रीय टोली यस क्षेत्रमा खटिएका छन् ।
क्षेत्र नं. ५ को टोखा चण्डेश्वरी नगरपालिकास्थित राजमती डंगोलको भत्किएको घरबाट विभिन्न सामग्री निकाली महासचिव ईश्वर पोखरेलको नेतृत्वमा दुईकोठे जस्ताको टहरा निर्माण गरिएको छ । यस कार्यमा स्वयंसेवकहरुको संयोजन केन्द्रीय सदस्य खगेन्द्र राई गरिरहनुभएको छ । यस टोलीले हाँडीगाउँ र बूढानीलकण्ठबाट पनि भत्किएका घरबाट विभिन्न सामग्री निकाली सरसफाइ र व्यवस्थापन कार्य गरेको छ ।
क्षेत्र नं. ६ स्थित झोर माध्यमिक विद्यालय भवनको निर्माण गरी यस क्षेत्रमा खटिएको स्वयंसेवक टोलीले कार्य थालनी गरेको छ । वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व तथा सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईको अगुवाइमा सुरु गरिएको उक्त निर्माण कार्यपछि १०/१० जनाका १५ टोली निार्मण गरी स्वयंसेवकहरूलाई कार्यक्षेत्र तोकेर काममा खटाइएको छ ।
क्षेत्र नं. ७ – काठमाडौं–१६ बाइपास पुगी सम्पर्क समन्वय कमिटीबाट खटिएको टोलीले भत्किएका घरको संरचना व्यवस्थापन कार्यको थालनी गरेको छ । सम्पर्क समन्वय कमिटीका सह–इन्चार्ज विजय गुरुङले उक्त कार्यको थालनी गर्नुभएको थियो । जनकपुर, नारायणी, गण्डकी, लुम्बिनी र राप्ती सम्पर्क कमिटीका स्वयंसेवकहरू सम्मिलित उक्त टोलीको नेतृत्व गण्डकी सम्पर्क कमिटीका पूर्वअध्यक्ष खिम थापाले सम्हाल्नुभएको छ । उक्त टोलीमा युवा नेता वसन्त मानन्धरले स्थानीय तहमा तथा राप्ती सम्पर्क कमिटीका अध्यक्ष भोजविक्रम बुढा मगरले खटिएका स्वयंसेवकहरूलाई निर्माण कार्य व्यवस्थित गरी परिचालन गर्न सक्रिय रहनुभएको छ ।
क्षेत्र नं. ८ मा कामनपा–१५ चागलस्थित नरेश डंगोलको भत्किएको घरबाट इँटा र जस्तापाता निकाली नजिकै खाली रहेको जग्गामा इँटा, माटो र जस्ताको प्रयोगद्वारा तीनकोठे अस्थायी घर निर्माण थालिएको छ । भेरी सम्पर्क कमिटीका अध्यक्ष टोपबहादुर बिसी नेतृत्वको यस टोलीमा धौलागिरि र कर्णाली सम्पर्क कमिटीबाट खटिएका स्वयंसेवकहरूलाई गोविन्द सुवेदी र भक्त रावतले कार्यक्षेत्रमा नेतृत्व गर्नुभएको छ । यस टोलीले वसन्तपुर दरबारस्क्वायर क्षेत्रमा भत्किएका संरचनाबाट विभिन्न सामग्री निकाली जेठ १० गतेदेखि नै काम सुरु गरेको थियो ।
यसै क्षेत्रमा अर्को टोलीले नागार्जुन नगरपालिका–४ मा पर्ने भत्किएका घरहरूबाट विभिन्न सामान पन्छाउनुका साथै व्यवस्थापन गरी अभियानको थालनी गर्यो । मिङ्मा कामी शेर्पाले नेतृत्व गर्नुभएको यस टोलीले जसनारायण महर्जनको घरमा भत्किएका सामग्री मिलाउँदै जस्ता र बाास प्रयोग गरी अस्थायी छाप्रो निर्माण कार्य थालेको छ ।
क्षेत्र नं. ९ मा खटिएको टोलीले स्युचाटारस्थित परिकार पार्टी प्यालेसमा भेला आयोजना गरी कार्ययोजना बनाएको छ । यस क्षेत्रको संयोजनमा पार्टी पोलिटब्युरो सदस्य डा. विजय पौडेल तथा टोली नेतामा दिलकुमारी पन्त रहनुभएको छ । यस क्षेत्रमा पुन:निर्माण कार्य सुरु भएको छ ।
क्षेत्र नं. १० मा नेपाल ट्ेरड युनियन महासंघ (जिफन्ट)का स्वयंसेवकहरूको टोलीले चन्द्रागिरी नगरपालिकास्थित किसिपिडी पुगेर बिहानै कार्य थालनी गर्यो । टोली नेता तथा मजदुर विशेष जिल्ला कमिटीका अध्यक्ष बलराम खत्रीको नेतृत्वमा टोलीले पुन:निर्माण कार्य गरेको छ । यसैगरी फर्पिङ शेषनारायणपिस्थत सामुदायिक कलेजको जीर्ण भवन भत्काएर यस क्षेत्रको अर्को टोलीले जेठ १० बाटै कामको आरम्भ गरेको छ ।
ललितपुर : क्षेत्र नं. १ का निम्ति खटिएको युवासंघ नेपालका स्वयंसेवकहरू सम्मिलित टोलीले पार्टी उपमहासचिव विष्णुप्रसाद पौडेलको नेतृत्वमा चापागाउँ, बोहराटारमा कामको थालनी गर्यो । मुक्ति समाज नेपालबाट खटिएका स्वयंसेवकहरू सम्मिलित अर्को टोली गोदामचौर गाविस पुगेर काममा जुटेको छ ।
क्षेत्र नं. २ को टोलीले लामटार ढुंगेन बसपार्कबाट कार्य थालनी गरेको छ । पेसागत महासंघका स्वयंसेवकहरू सम्मिलित यस टोलीमा निर्वाचन आयोगका सचिव माधव पौडेलले संयोजन र महासंघका महासचिव शिव अधिकारीले टोली नेताको भूमिका बहन गर्नुभएको छ ।
भक्तपुर : क्षेत्र नं. १ मा वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्रको संयोजनमा तीन वटा टोली निर्माण गरी महामञ्जुश्री नगरपालिका वडा नं. ६ र ७ मा कामको थालनी गरिएको छ । बिहानै ८ बजेदेखि काम सुरु गरेर सय जनाको टोलीले यहाँ एउटा टहरा बनाउनुका साथ भत्किएका घर र बाटो सफा गर्ने काम गरेको छ । क्षेत्र नं. २ को टोलीले पोलिटब्युरो सदस्यकमरेड परशुराम मेघी गुरुङको नेतृत्वमा मध्यपुर थिमी–१३ बाट बिहानै आरम्भ गरेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply