वैद्य माओवादी यता न उता
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सबैतिरबाट एक्लिन थालेको छ । प्रभावशाली मानिएका नेता नेत्रविक्रम चन्दले छाडेर गएपछि मूल पार्टी एमाओवादीसँग एकता गरेर अस्तित्व बचाउन गरेको प्रयासमा पनि पूर्णविराम लागेको छ ।
एमाओवादीसँग एकताका लागि अनावश्यक हिमचिम बढाएकै निहुँमा चन्द सो पार्टीबाट अलग्गिएका थिए । एमाओवादीले लिएको संविधानसभाको लाइनमा असन्तुष्टि जनाउँदै पार्टी फुटाए पनि विभाजनको औचित्य पुष्टि गर्न नसकेपछि वैद्य समूहका नेताले एमाओवादीसँगै एकताको प्रयास थालेका थिए । दुई पार्टीका नेताहरूबीच थुप्रै चरणमा कुराकानी पनि भएका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको ३० दलीय मोर्चाले संविधान निर्माणमा अघि बढेको बहुमतीय प्रक्रियाप्रति असहमति जनाउँदै सडक आन्दोलन सुरु गरेपछि यी दुई पार्टीबीचको हिमचिम झनै बढेको थियो ।
तर, जेठ २५ गते प्रमुख चार राजनीतिक दलहरूबीच संविधान निर्माणका लागि भएको १६ बुँदे सहमतिले यी दुई पार्टीलाई वल्लो
र पल्लो किनारामा पुर्याइदिएको हो । संविधानसभाको निर्वाचन बहिष्कार गरेकाले त्यही संविधानसभालाई स्वीकारेको एमाओवादीसँग एकता गर्न नैतिक रूपले पनि नमिल्ने र जनविद्रोहको लाइनको नेतृत्व गरेर चन्द समूह अलग्गिसकेकाले राजनीतिक रूपमा वैद्य माओवादी धरापमा परेको बताइन्छ ।
त्यति मात्र होइन, उसैले स–साना राजनीतिक समूह बटुलेर बनाएको ३३ दलीय मोर्चाले पनि उल्टै उसलाई मोर्चाबाट हटाएको छ । मोर्चाको बैठकमा पटक–पटक अनुपस्थित भएको भन्दै उनलाई मोर्चाले हटाएको हो । स्रोतका अनुसार यता एमाओवादीसँग एकताको कुरा अघि बढेकै कारण वैद्य मोर्चाको बैठकमा जान छाडेका हुन् । अहिले एकातिर एकता भाँडिएको बताइन्छ भने अर्कातिर आफैंले जम्मा पारेका ३२ दलले पनि उसैलाई कारबाहीको घोषणा गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply