यो असारले थपिदिएको पाठ
उथलपुथल छ यो समय ! पृथ्वी, प्रकृति धर्ती अझै स्थिर छैन । अझैसम्म पनि राति होस् या दिनमा धर्ती कम्पनले छोडेको छैन । थपमा कतै बाढी त कतै पहिरो, कतै चरम गर्मी जस्ता दैवी घटना र दुर्घटनाहरूले छोडेका छैनन् । अझ नयाँ–नयाँ खालका भौगोलिक समस्या र समाचारहरू पनि सुनिँदै छन् । यसै पनि राजनीतिक कारणले भताभुङ्ग जस्तो भइरहेको देशमा दैवी विपत्ति थपिँदा जीवनमा अझै ठूलो प्रभाव परेको छ । महाभूकम्पबाट कति गाउँहरू ध्वस्त छन् । आउने–जाने बाटोसमेत छैन, कति बस्तीहरूमा । जता हेरे पनि उजाड लाग्छ यतिबेला । र पनि, जीवनलाई जीउनु छ, अगाडि बढ्नु नै छ । आङ्खनै निम्ति मात्र भए पनि एउटा उज्यालोको बीउ रोप्नु नै छ ..। यो असार महिना धान रोप्ने समय, खेतमा धानसँगै भविष्य पनि रोप्दै छन् किसानहरू । अहिले गाह्रो–सारो जस्तो भए पनि भविष्यका निम्ति आङ्खना बालबच्चाका निम्ति, कम्तीमा एक वर्षका निम्ति जीवन अगाडि बढाउन मरिमेटेर लागेका छन् किसानहरू, भुइँचालोलाई बिर्सेर । यही असारलाई हेर्दा कति उत्साहित देखिन्छन् किसानहरू, हँसिला फुर्तिला देखिन्छन् । कतिका घरहरू भत्केका छन् र पनि मनलाई भत्किन दिएका छैनन् । यी कुरा सर्वसाधारण जनतामा देखिएका सकारात्मक पक्ष हुन् । उता, राजनीतिक क्षेत्रलाई हेर्दा पनि पहिलेभन्दा अलि केही गर्न खोजेकै देखिन्छन् नेताहरू । आठ वर्षपछि भए पनि संविधानको मस्यौदासम्म भए पनि तयार गरी देखाउने जमर्को गरेका छन् यहिबेला । आठ वर्षको समय भनेको झन्डै एक दशकको समय हो । पटक–पटक संविधानसभाको असफलताले सभासद्हरूको अयोग्यतालाई समयले प्रस्ट्याइसकेको छ । अब कतिपल्ट तिनै मान्छेलाई सुन जोखेझैं जोख्नु छ र † देशमा अझै योग्य नेताको कमी छ भन्ने कुरा त विश्वलाई नै थाहा छ । तथापि असल मान्छेहरू सबै हराइसकेका छैनन् । देश र राजनीतिका निम्ति भनेर आङ्खनो सर्वस्व दिने मान्छेहरू पनि नभएका होइनन्, तर यतिबेला ती असल नेता वा कार्यकर्ताको चर्चा छैन । खास आवाज पनि त्यति सुनिएको छैन । केही बदनाम पात्रहरूका कारण ती असल मान्छेहरूको छविलाई समेत धूलोले छोपिदिएको छ सायद । कसैले चाहे पनि नचाहे पनि देश नराम्ररी भताभुङ्ग भइरहेको अवस्थालाई यथाशक्य छिटो सबै पार्टी, व्यक्ति, सरकार मिलेर देशलाई सम्हाल्ने बेला हो । साँच्चैको नयाँ नेपाल बनाउने बेला हो यो । तर, अझै पनि सरकार नै छ कि छैन जस्तो छ, बिग्रिएको भत्किएको बाटोघाटो अझै सम्हाल्न सकेको छैन । धन्य नेपाली जनता जस्तो दु:खमा पनि बाँच्न सक्ने अभ्यास छ । जस्तो दु:खमा पनि हाँस्न सक्ने गुण छ नेपालीमा । महाभूकम्पको कारण यसपालि मनसुन ढिलो हुनसक्छ र सुक बढ्न सक्छ भन्ने एकथरिका वातावरणविद्हरूको अनुमान पनि गलत सावित गर्दै यो असार साँच्चैको ‘असार’ नै भएर प्रकृतिले वर्षा दियो, भूमिलाई पानी दियो । त्यसैले त विपद्लाई बिर्सेर पनि किसानहरू अगाडि बढ्न सके । यद्यपि, घर भत्केका किसानहरूले अझै यो झरी बतासमा पनि पालमै जिन्दगी गुजारिरहेका छन् । यसपालिको यो असार म स्वयम्ले फेरि एकपल्ट धान रोप्ने रहर गरें । किसानभन्दा फरक अलि बेग्लै परिचय भएका दिदीबहिनी छोरीहरूका साथ धान रोप्दै भूमि पूजाको कार्यक्रममा सामेल भएँ । माटोसँग खेल्नुको भिन्दै आनन्द हुँदो रहेछ, यो अनुभूतिले साँच्चै नै एकछिनको निम्ति सारा दु:ख बिर्साई पनि दिँदो रहेछ । यी भए सकारात्मक पाठहरू यो प्रकृतिको यही असारको † यही असारको गुणगान गाइरहेका बेला एउटा तीतो पाठ पनि सिकाइदिए कृषि मन्त्रीले, यो पनि यहाँ यो सम्पूर्ण आकाशमा उल्लेख नगरी नहुने बिषय बनिदियो । असार पन्ध्रमा, धान दिवस मनाउन गएका मन्त्रीको महिलाहरूसँगको अभद्र व्यवहारको चर्चाले असारलाई अझै हिलोले थप रंगाइदियो । असारको रमाइलोलाई बिटुलो पारिदिए । प्रत्यक्ष हिलो खेल्नेहरूलाई भन्दा राजनीतिक क्षेत्रमा अझ नेतृत्व गर्ने स्थान के कस्ता खालका ‘नेता’ पनि लुकेर बसेका रहेछन् भन्ने कुरा सार्वजनिक गरिदियो । अवश्य नै यो एउटा नकारात्मक उदाहरण हो । यो कसरी पाठ हुन सक्छ र भन्ने कुरा पनि आउँछ, तर यो झन् ठूलो ‘पाठ’ भएको छ नेता वा नागरिकहरूका निम्ति समेत । एक जना असल मान्छे उसैमा रहेको सद्गुणहरूको कारणले हुन्छ । नेता हुन अझै थप गुणहरू हुनुपर्छ, देशको नेतृत्व गर्ने मान्छेमा अझै धेरै गुणहरूका साथै देशलाई हाँक्न सक्ने गुणसमेत थपिनुपर्छ । यसबारे धेरै कुराहरू बाहिर आई नै सकेको छ बढी कुरा यहाँ लेख्नु जरुरी पनि छैन । महिलासँग ‘आशीर्वाद माग्दै हिँडेको’ मन्त्रीको तस्बिरले उनको नैतिकता मात्र होइन, देशको राजनीतिक अवस्था, कमजोर नेतृत्व अनि व्यक्ति पूजाको कारण के कस्ता मान्छे पनि माथि पुग्दा रहेछन् भन्ने कुरा पनि देखाइदिएको छ । यो पाठ अरूका निम्ति पनि थपिएको छ । अचेल जानेर या नजानेर या अरू देशको सिको गरेर हो, बुद्धिजीवीहरूको बीचमा सामान्य भेटघाटमा पनि आङ्खनो घनिष्टता देखाउन पुरुषले महिलालाई यसो छुने, पाए अँगालो मार्ने चलन बढेको छ । पहिले भए नमस्ते गरिन्थ्यो, एउटै पार्टीको भए हातसम्म मिलाइन्थ्यो । अब आधुनिकताको नाममा व्यवहार पनि फरक हुन थालेको छ । महिलालाई अँगालो मार्नुलाई नै नराम्रो कुरा त भन्न मिल्दैन तर हाम्रो संस्कृति अनुसारको चलन भने पक्कै होइन यो । अब त नेता हुनेहरूले त अझै ध्यान पुर्याउनुपर्ने विषय रहेछ यो । यही असार महिनाकै एउटा घटना हो, महाभूकम्पलाई बिर्सन, त्यसले दिएको डर त्रासलाई भगाउनका निम्ति भनी सिस्नुपानी नेपाल र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा एउटा हास्यव्यंग्य गोष्ठीको आयोजना भएको थियो । निम्तो पाएँ, राम्रै ठानेर पुगें । उपस्थिति पनि राम्रै थियो, तर एक जना कलाकार अझ ‘प्राज्ञ’ समेत नामको अगाडि जोडिसकेका मान्छेले दुनियाँलाई हँसाउने नाममा आधा आकाशको खिल्ली उडाएर, सम्पूर्ण महिलाको अपमान हुने गरी तीता शब्दहरू ओकल्न थाले । महिलालाई मात्र होइन, भद्र पुरुषहरूलाई समेत पनि सुन्न गाह्रो हुँदै थियो । मैले त्यो सभामा बसिरहनु उचित ठानिनँ जुरुक्क उठेर बाहिर निस्कें । पछि त्यसको चर्चा परिचर्चा के कस्तो भयो सुन्न पाइनँ । जहाँ पनि यस्तो नकारात्मक घटना हुन सक्छन् । सार्वजनिक ठाउँमा होस् या एकान्तमा पनि महिलामाथिको अपमानलाई त महिलाले पहिले बुझ्छन् पनि अबको समय भनेको सुनेर बस्ने होइन र आफूमाथि जस्तै व्यवहार भए पनि सहेर बस्ने बेला पक्कै होइन है † महाभूकम्पपछि धेरै मान्छेको मनोभावना केही सकारात्मक परिवर्तन आएको पनि छ । अर्को कुरा त जीवनको अनित्यताको योभन्दा ठूलो पाठ अरू के हुन सक्ला र †
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply