राष्ट्र बैंकमा कांग्रेसीकरण सुरु
काठमाडौं । पाँच महिनाअघि नेपाल राष्ट्र बैंकको गभर्नरको पद सम्हालेका डा.चिरञ्जीवी नेपाल छोटै अवधिमा बैंक माफियाहरूको चंगुलमा परेका छन् । बैंक माफियाहरूकै निर्देशन र दबाबमा राष्ट्र बैंकका माथिल्लो तहका कर्मचारीहरूको जिम्मेवारीमा व्यापक फेरबदल गर्न डा.नेपाल सहमत भएका छन् । कतिपयले अहिले राष्ट्र बैंकमा भएको फेरबदललाई नेपाली कांग्रेसको आसन्न महाधिवेशनसँग पनि जोडेर हेर्ने गरेका छन् ।
राष्ट्र बैंकमा रहेका विभिन्न विभागहरूमध्ये बैंक तथा वित्तीय संस्था नियमन विभागलाई महत्त्वपूर्ण मानिन्छ । त्यस विभागले नै ठूलादेखि साना बैंकहरूको नियमन गर्ने गर्दछ । डेपुटी गभर्नर महाप्रसाद अधिकारीको मातहतमा रहेको उक्त विभाग अहिले गभर्नर नेपालले खोसेर अर्का डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेलाई सुम्पेका छन् । एक जना डेपुटीले हेरिरहेको विभाग अर्का डेपुटी गभर्नरलाई सुम्पिनुमा गभर्नरको राजनीतिक पूर्वाग्रहबाहेक अरू केही नरहेको बताइन्छ । काफ्ले नेपाली कांग्रेस निकटका रहेको हुँदा उनलाई सो विभाग सुम्पेर राष्ट्र बैंकभित्र सेटिङ मिलाउने कार्यमा गभर्नरले चासो लिएको बताइन्छ ।
डेपुटी गभर्नर अधिकारीको मातहत रहेको नियमन विभाग काफ्लेलाई सुम्पिएलगत्तै गभर्नर डा.नेपालले राष्ट्र बैंकका अरू विभागहरूमा माथिल्ला तहका कर्मचारीलाई पदस्थापन र सरुवा गर्दा पूरै कांग्रेसीकरण गरेका छन् । तर, उनले कांग्रेसीकरण गर्दा नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई ध्यानमा राखेर गरेका छन् । कांग्रेसको आगामी महाधिवेशनमा सभापतिमा सुशील कोइराला र महामन्त्रीमा अर्थमन्त्री डा.रामशरण महत उठ्ने सम्भावना रहेको हुँदा महाधिवेशनमा आर्थिक परिचालन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अहिल्यैदेखि राष्ट्र बैंकमा कांग्रेसभित्रका एकपक्षीय कर्मचारीहरूको मात्रै सेटिङ मिलाएको बताइन्छ । सूत्रका अनुसार, अहिले माथिल्ला तहका कर्मचारीहरूलाई जुन–जुन जिम्मेवारी दिइएको छ, ती कर्मचारीहरूलाई कांग्रेसको आगामी महाधिवेशनमा
बैंकहरूबाट आर्थिक स्रोत जुटाउन परिचालन गर्ने उद्देश्यले पदस्थापन गरिएको बताइन्छ ।
पदस्थापन गर्ने क्रममा गभर्नर नेपालले आफूअनुकूल मानिसहरूलाई मात्र ल्याएका छन् । बैंकमा विशिष्ट श्रेणीका कर्मचारीहरूमा चिन्तामणि शिवाकोटीलाई मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकमा, लक्ष्मीप्रपन्न निरौलालाई बैंक सुपरीवेक्षण विभागबाट सामान्य सेवा विभागमा, भीष्मराज ढुंगानालाई विदेशी विनिमय विभागको कार्यकारी निर्देशकमा, नारायण पौडेललाई जनशक्ति विभागबाट बैंक सुपरीवेक्षण विभागमा, महेश भट्टराईलाई नयाँ गठन गरिएको भुक्तानी तथा फस्र्योट विभागमा, राजनविक्रम शाहलाई वित्तीय व्यवस्थापन विभागबाट बैंकिङ कार्यालयमा र शिवनाथ पाण्डेलाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा लगिएको छ । यसैगरी, बैंकिङ ट्ेरनिङ सेन्टरका प्रदीपराज पाण्डेलाई वित्त व्यवस्थापन विभागमा पदस्थापन गरिएको छ । यसैगरी, अनुसन्धान विभागका डा.मीनबहादुर श्रेष्ठलाई राष्ट्र ऋण व्यवस्थापन विभाग, नरबहादुर थापालाई ऋण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभागका मनमोहन कुमार श्रेष्ठलाई आन्तरिक लेखा परीक्षण विभागमा पदस्थापन गरिएको छ । राष्ट्र बैंकको प्रवक्तामा भने डा.मीनबहादुर श्रेष्ठलाई हटाएर त्रिलोचन पंगेनीलाई ल्याइएको छ ।
यसैगरी, कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा निर्वाचनको रन्को गभर्नर डा.नेपाललाई अहिल्यैदेखि लाग्न थालेको छ । अचेल गभर्नर बिहान आठ पनि नबज्दै कार्यालयमा आउन थालेका छन् । कार्यालय समयभन्दा अघि नै कार्यालय आएर उनले विभिन्न व्यापारी, बैंकरहरूलाई बैंकमा नै भेटेर गोप्य कुराकानी गर्ने गरेका छन् । उनले व्यापारीहरूलाई राष्ट्र बैंकमै बोलाएर भेट्नुमा कांग्रेसका महाधिवेशनमा सहयोग जुटाउनु नै रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply