यस्तो हुन्छ क्याबिनेटमा
काठमाडौं । राज्य सञ्चालनको कुनै अनुभव नभएका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको वर्तमान मन्त्रिपरिषद्को बैठक पनि लैबरी तालमा चल्ने गरेको छ । यतिसम्म कि कहिलेकाहीँ त मन्त्रिपरिषद् बैठकको अध्यक्षता कसले गरेको छ भन्ने कुराको मन्त्रीहरूले समेत भेउ पाउँदैनन् ।
मन्त्रिपरिषद् बैठकको अध्यक्षता प्रधानमन्त्रीले नै गर्ने हो । तर, कतिपय अवस्थामा प्रधानमन्त्री सुशील कोइराला नै हुन् कि कांग्रेसकै अरू मन्त्री हुन् भन्ने शंका अरू मन्त्रीहरूलाई पर्ने गरेको छ । एक मन्त्रीले भने– ‘प्रधानमन्त्री प्राय कुर्सीमा टाउको निहुर्याएर बस्नुहुन्छ । बैठक चलाउने, मन्त्रीहरूले उठाएको जिज्ञासाको जवाफ दिने र अन्त्य गर्ने काम मुख्य सचिवले गर्छन् ।’ उनले थपे– ‘कुनै विषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्नेछ भने पनि प्रधानमन्त्री कोइरालाले कहिले अर्थमन्त्री डा. रामशरण महत र कहिले सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालको मुखतिर हेर्नुहुन्छ । प्रधानमन्त्रीको संकेत बुझेपछि उनीहरूले जवाफ दिने गर्छन् ।’
नियुक्ति र विदेश भ्रमणमा लम्बेतान
मन्त्रिपरिषद् स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठक प्राय: लामो हुँदैन । कांग्रेसले सम्हालेका मन्त्रालयका कुनै एजेन्डामा निर्णय गर्नुपर्नेछ भने त आधा घन्टामै बैठक सकिन्छ, तर एमालेले सम्हालेका मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्नुपर्यो भने बैठक लम्बिने गर्छ । त्यसमा पनि नियुक्ति र विदेश भ्रमणसम्बन्धी एजेन्डा छ भने बैठक लम्बिने गरेको ती मन्त्रीले बताए ।
अरूलाई ‘नो’, चित्रलेखालाई ‘गो’
एक मन्त्रीले बताए अनुसार प्रधानमन्त्री कोइराला सकेसम्म राज्यको कोषमा विदेश भ्रमण गर्नु हँुदैन भन्नेमा धेरै संवेदनशील छन् । विदेश भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा आयो भने प्रधानमन्त्री कोइरालाको पहिलो जोड भ्रमण रद्द गरौं भन्ने हुन्छ । रद्द गर्न नमिल्ने प्रकृतिका भ्रमण छन् भने भ्रमण अवधि छोट्याउनुपर्ने कुरा बैठकमा प्रधानमन्त्री आफैंले राख्ने गर्छन् । तर, शिक्षामन्त्री चित्रलेखा यादवको विदेश भ्रमणसम्बन्धी प्रस्ताव छ भने एक शब्द नबोली स्वीकृत गरिन्छ । ती मन्त्रीले भने– ‘अरूको प्रस्ताव छ भने प्रधानमन्त्रीले केही दिन भने पनि भ्रमण अवधि छोट्याउनुहुन्छ तर शिक्षामन्त्रीका बारेमा उहाँ केही बोल्नुहुन्न ।’ कांग्रेस कोषाध्यक्षसमेत रहेकी यादव वरिष्ठ नेता शेरबहादुर देउवाको कोटामा मन्त्री भएकी हुन् । कांग्रेसको महाधिवेशन नजिकै आएकाले यादवलाई नचिढ्याउने नीति प्रधानमन्त्री कोइरालाले लिएको आशंका गर्न थालिएको छ । स्रोतका अनुसार, यादवलाई देउवा समूहबाट आफ्नो समूहमा ल्याउन कोइरालाले प्रयत्न गरिरहेका छन् ।
‘घाँडो केटो’ भन्दै उजुरी
मन्त्रिपरिषद् बैठकमा आफूले ल्याएको प्रस्तावमाथि विरोध गर्ने मन्त्रीका बारेमा बैठकबाटै फोन गरेर
नेतालाई पोल लगाउनेसम्मका काम बैठक कक्षबाटै हुने गरेको बताइन्छ । खासगरी अर्थमन्त्री डा. रामशरण महत र एमालेबाट उद्योग मन्त्रालय सम्हालेका महेश बस्नेतबीच बैठकमा हुने गरेको ठाकठुक बैठक नसकिँदै एमाले अध्यक्ष केपी ओलीको कानसम्म पुग्ने गर्छ । एमाले मन्त्री भएकाले मन्त्री बस्नेतले नै त्यहाँ हुने कुरा अध्यक्ष ओलीलाई सुनाउनुपर्ने हो । तर, त्यसो नभएर कांग्रेस मन्त्री महतले फोन गरेर एमाले अध्यक्ष ओलीलाई बैठकमा भएका गतिविधिको जानकारी र मन्त्री बस्नेतका विरुद्ध पोल लगाउने गरेको स्रोतले बतायो । ‘हैन कस्तो घाँडो केटो पठाइदिनुभएछ, सम्झाइदिनुपर्यो’ भन्दै मन्त्री महतले ओलीसँग पटक–पटक आग्रह गरेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply