नार्कमा बढाबढमा जागिर
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा लिलाम बढाबढका आधारमा कर्मचारी भर्ना भइरहेका छन् । रोपाइँको बहानामा महिलामाथि अभद्र व्यवहार गरेर कृषि मन्त्रीबाट बर्खास्त हरि पराजुली नै यस काममा संलग्न छन् ।
पराजुली मन्त्री हुँदै नार्कले सहसचिवदेखि कार्यालय सहायकसम्म गरी २ सय ७ कर्मचारीका लागि आवेदन मागेको थियो । विभिन्न पदका लागि परीक्षाहरू जारी छन् । सहायक तहका लागि मौखिक मात्र हुने भएकाले व्यापक रूपमा भर्नाको चलखेल बढेको छ ।
मन्त्रीबाट हटे पनि पराजुली गृहमन्त्री वामदेव गौतमकै क्वार्टरमा बस्ने र मन्त्रालयका विभिन्न फाइलहरू अध्ययन गर्दै उठ्तीपुठ्तीमा लागिरहेको बताइन्छ । पार्टीको साइनो लगाउँदै नार्कको जागिरमा भनसुनका लागि जाने कार्यकर्ताहरूलाई कृषि मन्त्रालयको समेत कार्यभार सम्हालेका गृहमन्त्री गौतमले ‘हरिजीसँग कुरा गर्नू’ भन्दै पठाउने गरेका छन् ।
एकैचोटि ठूलो संख्यामा कर्मचारी भर्ती हुने भएपछि पद
हेरी दर नै तोकेर रकमको लेनदेन गर्न थालेको स्रोतको दाबी छ । सुरुमै रकम बुझाएपछि मात्र जागिर पक्का हुने भएपछि कार्यकर्ताहरू पनि रकम लिएरै मन्त्री निवास पुल्चोक पुग्नुपर्ने बाध्यता आइपरेको बताइन्छ । कार्यालय सहयोगीका लागि नै २ लाख रुपियाँ उठाएको थाहा भएको छ ।
नार्कमा सहसचिव नवीन पौडेल, उपसचिव वीरेन्द्र खड्कालगायतले प्रशासनिक च्यानल मिलाउने जिम्मेवारी पाएका छन् भने केही अघिसम्म पराजुलीको स्वकीय सचिवालयमा बसेका गोकर्ण अर्याल र सुदीप शर्माले बिचौलियाको भूमिका निर्वाह गरिरहेको बताइन्छ ।
नार्कमा प्रशासन, लेखा र प्राविधिकमा विभिन्न तहका कर्मचारी रिक्त छ । पदपूर्ति हुन लागेका पदहरूमा प्रमुख प्रशासन सहायक (ए फाइभ)का लागि छ जना, प्रशासन सहायक (ए फोर) ५ जना, लेखापाल (ए फाइभ) ९ जना, प्राविधिक सहायक (जेटीटी फाइभ) २३ जना, प्राविधिक सहायक (टी फोर)मा ३७ जना र निम्नस्तर प्राविधिक १ सय २७ जना छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply