सशस्त्रमाथि छानबिन सुरु
काठमाडौं । टीकापुर घटनामा नेपाल प्रहरीका एस्एस्पी लक्ष्मण न्यौपाने मारिंदा साथमै रहेको सशस्त्र प्रहरीले किन फायर खोलेन ? सशस्त्र प्रहरीकै गाडीमा त्यहाँ पुगेका सरकारका प्रथम श्रेणीका प्रहरी अधिकृतको ज्यान जाँदा पनि सशस्त्र मौन रहेको भन्दै प्रश्न उठाएको बेला गृह मन्त्रालयले त्यसको छानबिन सुरु गरेको छ ।
एकातिर गृहमन्त्री वामदेव गौतममाथि सशस्त्र प्रहरीलाई पक्राउ अधिकार दिएर दुई संगठनबीच विवाद बढाएको आरोप लाग्नु अनि अर्कोतिर नेपाल प्रहरीका अधिकारीको ज्यान जाँदा पनि सशस्त्र मौन बस्नुले स्वयम् गौतम नै तनावमा परेको स्रोतको दावी छ । गृहमन्त्री गौतमले यस बारेमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तसँग विस्तृत विवरण माग गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुुसार, बर्दियासँगै सीमा जोडिएको, त्यसमा पनि थारु बहुल क्षेत्रमा त्यत्रो घटना भएको गृहमन्त्री गौतम थप चिन्तित छन् । आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा कलंक लागेको भन्दै उनले निकटस्थहरुसँग भन्ने गरेको स्रोतले बतायो । स्रोतले भन्यो– ‘सोझा थारुलाई मैले जति कसैले चिनेको छैन । मैले थारुका घरमा बसेर भूमिगत राजनीति गरेको छु । उनीहरुको प्रतिनिधित्व गरेर बर्दियाबाट पटकपटक चुनाव जितेको छु । अहिले मलाई नै बद्नाम गर्ने गरी थारु समुदायमाथि दोहोरो ज्यादती भएको छ ।’
स्रोतका अनुसार, सोमबार बसेको एमाले स्थायी समितिको बैठकमा पनि गृहमन्त्री गौतमले सशस्त्र प्रहरीको भूमिकाका बारेमा लामै असन्तुष्टी जाहेर गरेका थिए । स्थायी समितिका एक सदस्यले उनको भनाइ उद्यृत गर्दै भने– ‘नेपाल प्रहरीका त्यति उच्च अधिकारीमाथि आन्दोलनकारीका तर्फबाट आक्रमण हुँदा सशस्त्रप्रहरीले किन गोली चलाएन ? मैले छानबिन थालेको छु ।’ उक्त घटना हुँदा सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी त्यहाँका इन्चार्ज थिए । गृहलाई प्राप्त अर्को सूचना अनुसार, त्यस दिनको प्रदर्शन सुरु हुनुपूर्व थरुहट संघर्ष समितिका संयोजक रेशम चौधरीले ‘सशस्त्रले गोली चलाउँदैन, तिनीहरुमाथि आक्रमण नगर्नु, नेपाल प्रहरीलाई टार्गेट गरे हुन्छ’ भनेका थिए । विजय गच्छदारको नजिकका नाता समेत पर्ने डीआइजी चौधरीको भूमिकामाथि विशेष शंका गरिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply