यस्तो छ रेशम चौधरीको भनाइ
यही भदौ ७ गते कैलाली जिल्लाको टीकापुर क्षेत्रमा घटेको हिंसात्मक घटना र त्यसमा सुरक्षाकर्मी तथा एक बालको हत्या गर्ने कार्य निन्दनीय छ । उक्त घटना हुनुभन्दा एक दिन अगाडि कैलालीको धनगढीमा थारु समुदाय र विभिन्न राजनीति दलहरुको तर्फबाट आफ्ना भनाइ शान्तिपूर्ण रुपमा राख्ने तथा सामाजिक सद्भाव बनाइरहने सहमति भएको थियो । त्यो सहमतिमा मेरो पूर्ण मञ्जुरी थियो र अहिले पनि कैलाली जिल्लामा शान्ति कायम गर्नुपर्छ र थारु समुदाय र अरु समुदायका बीचमा सौहार्दपूर्ण एकता हुनुपर्छ भन्ने मेरो स्पष्ट विचार छ । थारु समुदायको अधिकार र प्रतिष्ठाको लागि आवाज उठाउन उचित र आवश्यक भए पनि आन्दोलनको नाममा हिंसा मच्चाउने, साम्प्रदायिक दंगाा फैलाउने र घुसपैठ गरी थारु समुदायलाई बदनाम गराउने कार्यको म विरोध गर्दछु । केही व्यक्तिहरुले सामाजिक सद्भाव बिथोलिने गरी उत्तेजना फैलाउने र हाम्रो राष्ट्रियतालाई कमजोर पानै गरिरहेको षड्यन्त्रबाट सजक रहन, हिंसात्मक गतिविधिमा नलाग्न र संयमित हुन थारु समुदायका सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरुमा म हार्दिक अपिल गर्दछु । साथै मेरो चरित्र हत्या गर्ने किसिमका विभिन्न सामाजिक सञ्जाल, मिडियामा आएका समाचार भ्रामक र कपोलकल्पित छन् । त्यसप्रति म दु:ख व्यक्त गर्दछु ।
भदौ ७ गते र त्यसपछि भएका घटनाहरुको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन, पीडितहरुलार्य उचित राहत दिन, थारुलगायत सबैमा सुरक्षाको अनुभूति गराउन सरकारी निकायबाट तरुन्त काम गरियोस् । वार्ताको माध्यमद्वारा समस्याको समाधान गरी जनजीवन सामान्य बनाउन सम्बन्धित निकायको ध्यान जाओस् । यस कार्यमा मेरोतर्फबाट गर्नुपर्ने योगदानका लागि तयार रहेको कुरा सार्वजनिक रुपमा जानकारी गराउन चाहन्छु ।
रेशम चौधरी
संयोजक
थरुहट/थारुवान आन्दोलन
कैलाली
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply