अख्तियारले जनतामा आशा फैलाएको छ
० अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ता भएर आउनुभएपछि कस्तो महसुस भइरहेको छ ?
– म हम्फ्रे युनिभर्सिटीबाट फर्किएपछि सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिएँ । आयोगमा पठाउने सरकारको निर्णयपछि आयोगमा गएँ । आयोगमा आएपछि प्रमुख आयुक्तको निर्देशनमा रहेर आयोगको दृष्टिकोणअनुसार काम गर्ने शैलीहरुमा मैले सकारात्मक योगदान गरिरहेको छु । देशभरिबाट भ्रष्टाचार र अनुचित कार्यका मुद्दाहरू आउँछन्, त्यसलाई आयोगले छिटो र छरितो तरिकाले सुल्झाउने काम गर्दछ ।
कुनै संवेदनशील मुद्दा आयो भने त्यसलाई छिटो र छरितो तरिकाले सम्बोधन गर्ने कार्यमा पनि सबैसँग समन्वय गरिरहेका छौं । म अरूभन्दा स्वभावैले मिडियामैत्री भएको हुँदा दिन मिल्नेसम्मका सूचनाहरु दिन कुनै कन्जुस्याइँ गरेको छुइनँ ।
० पछिल्लो समय अख्तियारले त्रास फैलायो भनिन्छ नि ?
– त्रास होइन, धेरै आश फैलाएको छ । हाम्रो निगरानीले गर्दा नै जनताका काम सहज भएका छन् । जनताको एकमात्र आशाको केन्द्रबिन्दु अहिले अख्तियार भएको छ ।
० कारबाही साना कर्मचारीमा मात्र केन्द्रित भयो, ठूला भ्रष्टाचारमा आँखा चिम्लिने गरेको छ भनिन्छ नि, अख्तियारले ?
– निश्चित रूपमा यस्ता कुराहरू उठ्ने गरेका छन् । हामी अहिले एकदमै संक्रमणकालीन अवस्थामा छौं । ठूला भ्रष्टाचारी भनेपछि कहलिएका नेतालाई अप्रत्यक्ष रूपमा बुझ्ने गरिएको छ । जनताको आशा पनि त्यस्ता नेताहरूलाई उन्मुक्ति नदिऊन् भन्ने छ । तर, हाम्रा आफ्नै कार्याधिकार, ऐन र प्रक्रियाहरू छन् । उक्त प्रक्रिया अनुसार प्रमाण फेला पारेपछि हामी कसैलाई पनि छोड्दैनौं ।
० नयाँ संविधानमा त अख्तियारको जिम्मेवारी घटाउने कुरा उठेको छ नि ?
– बदलिँदो सन्दर्भमा तीन वटा कुरामा सरोकारवाला सबैले हामीलाई सहयोग गर्नुपर्ने स्थिति आएको छ । अहिलेको संविधान अनुसार भ्रष्टाचार र अनुचित कार्य हेर्छ । हामीले हेरेका मुद्दाहरूमध्ये ८० प्रतिशत अनुचित कार्य छन् भने २० प्रतिशत मात्र भ्रष्टाचारका छन् । अहिले यसलाई अनुचित कार्य हेर्न नदिने र भ्रष्टाचार मात्र हेर्न दिने भन्ने कुरा पनि बहसमा आएको छ । विभिन्न देशमा अनुचित कार्यलाई पनि भ्रष्ट्राचारको परिभाषाभित्र राखिएको छ । तर हाम्रोमा भने यी दुईको परिभाषा अलग–अलग गरिदिएको छ । यसबाट अनुचित कार्य झिकिदिँदा यो संस्था स्वत: निस्क्रिय हुन्छ ।
० व्यक्तिगत प्रसंगतिर जाऔं, तपाईको जन्म कहिले र कहाँ भएको हो ?
– म महोत्तरी जिल्लाको सुवा गाविस–४ मा जन्मिएको हुँ, ०३१ साउन १३ गते । तर, मेरो खास जन्म ०३२ पुस १४ गते भएको हो । तर, स्कुलमा एसएलसी दिनलाई १६ वर्ष पुग्नुपर्ने कारणले प्रधानाध्यापकले जे जन्ममिति राखिदियो, त्यही मान्नुपर्ने बाध्यता थियो ।
० शिक्षा कहाँ लिनुभयो ?
– पठनपाठन सरकारी स्कुल र क्याम्पसमै भयो । काठमाडौं आएपछि पत्रपत्रिका बेच्ने काम पनि गरें । गार्मेन्टमा पनि काम गरें । शिक्षक भएर कालिकोटमा पनि बसें । जुम्लामा छँदा लोकसेवाको परीक्षा दिन गएको थिएँ, जुम्लाबाट खरिदार उत्तीर्ण गरेपछि कालिकोट, सुर्खेतमा गाविस सचिव भएर बसें । शाखा अधिकृतमा उत्तीर्ण भएपछि धादिङमा सहायक सीडीओ भएर बसें । शान्ति तथा द्वन्द्व व्यवस्थापनमा जर्मनीमा पढेर आएपछि गृहमा बसें । उपसचिव पास गरें । उपसचिव पास गरेपछि सहसचिव पनि पास गरे । सहसचिव पास गरेपछि म अमेरिकातिर गएँ । यही बीचमा सीडीओ हुँदै वैदेशिक रोजगार विभागको महानिर्देशक पनि भएँ ।
० निजामती सेवामा नै प्रवेश गर्छु भन्ने लक्ष्य बनाएर यसमा लाग्नुभएको हो ?
– मेरो बुबा पनि कर्मचारी नै हुनुहुन्थ्यो । उहाँले टाइपिस्ट खरदार, सुब्बा हँुदै प्रशासनको अधिकृतबाट अवकाश लिनुभयो ।
० पारिवारिक पृष्ठभूमि कस्तो थियो ?
– हामी एकदम सामान्य परिवारका मान्छे हौं ।
० अधिकृत भएर काम गर्न थालेपछिको सम्झनायोग्य केही प्रसंग छ कि ?
– म अरू कर्मचारीभन्दा फरक छु । जहाँ बसे पनि केही न केही काम गर्न चाहन्छु । धादिङमा सहायक सीडीओ हुँदा पनि धेरै काम गरें । अध्यागमनमा हुँदा पनि केही कामहरू गरें । सबैभन्दा कान्छो सीडीओ र महानिर्देशक भएर पनि काम गरें । राजस्व, कालाबजारी क्षेत्रमा नियन्त्रणका लागि लागें । अहिले अख्तियारले सशक्त पारेको झोले विद्यालय नियन्त्रण अभियान म बारामा हँुदा मैले नै सुरु गरेको हुँ । रक्तचन्दन तस्करी, भन्सार छलि र अपराध नियन्त्रणमा म खुबै लागें ।
० वैदेशिक रोजगार विभागमा पनि सुधारको प्रयास गर्नुभयो नि होइन ?
– विभागको कार्यकाल त झनै अविस्मरणीय नै छ । करिब सय दिन मात्र त्यहाँ बसेँ हुँला तर पनि करिब ५ सय गन्न मिल्ने कामहरू मैले गरें । वैदेशिक रोजगार क्षेत्र लथालिंग थियो । रोजगारका नाममा मानव बेचबिखन थियो । अपराध र छाडापन थियो । एकातिर त्यो नियन्त्रण गरें भने अर्कोतिर जनताको काम २ चरणमा गर्न पनि सुरु गरें । नेपालीले राम्रो काम पाउन् भनेर विदेशीहरूसँग दुईपक्षीय र बहुपक्षीय संवादको कामहरू पनि गरें ।
० विवाह कहिले गर्नुभयो ?
– सन् २००८ मा भयो ।
० मागी कि प्रेम ?
– दुवै बराबर भन्नुपर्ला ।
० तपाईंको श्रीमती नि ?
– उनी पनि निजामतीमै छिन् । मेरो ब्याचमेट हो । हामी दुवैले शाखा अधिकृतमा एकैचोटि नाम निकालेका हौं । डोटीको नेवार परिवारकी हुन् । २ छोरा छन् । एउटा ५ वर्षको भइसक्यो । अर्को भर्खर दोस्रो वर्षमा लागेको छ ।
० दुवै जना जागिरे हुँदा घर मिलाउन समस्या हुँदैन ?
धेरै गाह्रो छ । तर पनि निजी जीवन र व्यावसायिक जीवन फरक कुरा हो । हामी दुवै जनाले एक अर्काले सन्तुलन गरेर अघि बढिरहेका छौं । तैपनि घरमा व्यवस्थापन गर्न गाकृष्णहरि पुष्कर, सहसचिव एवम्् प्रवक्ता, अख्तियार दुरपयोग अनुसन्धान आयोगह्रै हुन्छ । हाम्रो घरमा काम गर्ने भन्ने कोही छैन । हामी सबै घरायसी काम दुवै जना मिलेर नै गर्छौ ।a
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply