भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
१९ कात्तिक,काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार नि:शुल्क गर्ने भएकाे छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जतिठूलाे उपचार भएपनि नि:शुल्क हुने बताए ।
यस्तै बैठकमा भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुन निर्माणका विषयमा छलफल भएको छ ।
मन्त्री मोहन बस्नेतले विगतमा भन्दा अहिले राहत रकम पनि बढाएर दिने विषयमा छलफल भएको बताएका छन् । तर आजको बैठकले कति रकम दिने भन्ने विषयमा भने निर्णय गर्न सकेन । उनले भने,-पहिलाको भन्दा बढी भन्ने विषयमा छलफल भइरहेको छ ।
यस्तै बैठकमा खाद्यान्न र बसोबासका लागि तत्काललाई व्यवस्थापन गर्ने आवश्यक सामग्रीहरू तीन भित्र घटनास्थलमा पुर्याएर कुनै पनि कुराको कमी हुने नदिने गरी सरकारले काम गर्ने उनले बताए । छिमेकी देशहरूले दिने सहयोगका विषयमा सरकारले मापदण्ड बनाएर लागू गरेपछि मात्रै लिने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply