पुष्पलाललाई थप चिन्ने आधार
नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलालबारे दधिराज सुवेदीले लेख्नुभएको ‘संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलाल’ वामपन्थी, चरम वामपन्थी, दक्षिणपन्थी र चरम दक्षिणपन्थी सबै विचार समूहका उपासकहरूलाई मात्र होइन, राजनीति, साहित्य, संस्कृति, मानवशास्त्र र समाजशास्त्रका अनुरागीहरूलाई समेत उपयोगी पुस्तक बन्न पुगेको छ । जीवनी लेखनलाई कथासंग्रहकै समानान्तर विधामा बुझ्ने पंक्ति पनि भेटिने गरेको छ । यसलाई रंगहिन साहित्यको रूपमा व्याख्या गर्ने, आयाम र क्षितिज बिनाको विधा सम्झने, अनुकरण र अमौलिकतामै यसको अस्तित्व देख्नेहरू म्याद गुज्ेरका औषधि सावित भएका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर पुष्पलालको जीवनवृत्त नेपालको कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट दर्शन, पार्टी स्थापना, फुट, विभाजन, अनेकता र एकता प्रयासहरूको शृंखलाबद्ध बकपत्र हो । पुष्पलालका रचनाहरूले उनको निजी जीवन र परिवेशलाई स्पर्श गर्दैनन्, किनकि तिनको गन्तव्य बिन्दु कम्युनिस्ट आन्दोलनलाई उत्कर्षमा पुर्याउनु थियो । गुरु चिनियाँ काजीको प्रशिक्षण, गंगालालको सहादत अनि भारतीय अंग्ेरज धपाऊ आन्दोलनबाट पुष्पलालको मस्तिष्कमा परेको छाप नै अन्तत्वोगत्वा नेपाली मुक्ति आन्दोलनको कारक तत्त्व सिद्द भयो । उनी र उनी सम्बद्ध परिवारको सर्वस्वहरण, यातना, पीडा र अकल्पनीय बलिदानको ब्याजमा बाँचेको छ आजको नेपाल । थाहा छैन उनी र उनका परिवारको निर्वासन, तपस्या र निष्ठाले गणतान्त्रिक तथा स्वाधीन राज्यबाट कस्तो रंगको न्याय प्राप्त गर्ने हो ?
पुस्तक १२ खण्डमा छ । पहिलोमा, पुष्पलालको जन्ममिति र जन्मस्थलको परिचय, आमाको स्वर्गारोहण, दिदीको अभिभावकत्व, काठमाण्डुको हुर्काइ, प्रारम्भिक शिक्षा र एसएलसी, मालपोतको सुब्बाको जागिरको सिलसिलामा पिताजी सरुवा भई जिल्ला–जिल्लामा जानु्पर्दा उनलाई मिलेको देश भ्रमणको अवसर, जनसम्पर्क र गरिबीसँगको सान्निध्यताले जीवनलाई राष्ट्रवादी कम्युनिस्ट आन्दोलनउन्मुख तुल्याउनमा कारक सिद्ध भएका आदि प्रसंग छन । दोस्रोमा, पुष्पलालको राजनीतिमा प्रवेस, सहिद पर्व ( १९९७ ), दाजु गंगालाललाई दागबत्ती दिने सिलसिलामा निरंकुश व्यवस्थालाई उन्मूलन नगरेसम्म आराम नगर्ने प्रतिज्ञा, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी नेतृत्वको प्रथम मजदुर हड्ताल ( विरानगर) सन्दर्भ छ । तृतीयमा, न.ेरा.का.को स्थापना, महासचिवको जिम्मेंवारी, पार्टीमा बीपी. र डिल्लीरमण रेग्मीबीच पदीय प्रतिस्पर्धा, मेलमिलापका लागि अथक प्रयत्न, अनशन आदि, दलप्रति विकर्षण र राजीनामाको प्रसंग, नेपाल कम्युनिस्ट पार्टी स्थापनाताकाका रोचक घटना, विश्व कम्युनिस्ट घोषणापत्रको नेपालीमा अनुवाद तथा नेकपाको घोषणापत्रका विषयहरू र चौथोमा, राणाविरोधी ००७ सातलको क्रान्तिमा दिल्ली सम्झौता, नेहरूको काठमाण्डु भ्रमण र काला झन्डा, कलकत्तामा सम्पन्न नेकपा प्रथम् सम्मेलनको विषय सिलसिलेवार छ ।
पाँचौं, नेकपाको प्रथम महाधिवेसन र मनमोहन अधिकारीको नेतृत्व विजयी, डा.केआंई सिंह तथा एकदेव आलेको नेतृत्वमा रक्षा दलको विद्रोह, जनतान्त्रिक संयुक्त मोर्चाका विषय, छैटांै, क.पा. माथि सरकारद्वारा प्रतिबन्ध, पार्टीेको देशव्यापी प्रतिरोध, पुष्पलालद्वारा पं्रधानमन्त्रीलाई पत्र र वक्तव्य, दलमाथिको प्रतिबन्ध फुकुवा , कपाको द्वितीय महाधिवेशन (फोहरा दरबार) गणतन्त्र कि राजतन्त्र विवादमा राजतन्त्र पक्षधर डा.केशरजंग रायमाझी विजयी , साताँै राजाले दिएको संसदीय चुनाव लड्ने नलड्ने विवादमा पुष्पलालको चुनावविरुद्ध अडान, केसले चुनावमा भाग लिने निर्णय, गणेशमानसँग पुष्पलाल पराजित भएका घटनाहरूको सँगालो छ । मस्को सम्मेलनमा नेकपा सहभागी र स्टालिनको शव हटाउने विवाद, क्रेमलिनमा स्टालिन जस्ता क्रान्तिकारीको शव नअटे नेपाल लगेर सम्मान साथ राखिने पुष्पलालको खु्रस्चेभी नेतृत्वलाई चुनौती, तृतीय महाधिवेशन र राष्ट्रिय प्रजातन्त्र कार्यक्रम पारित, तुल्सीलाल अमात्यको नेतृतर््व विजयी, आठौं पूर्वकोशी प्रान्तमा गुरिल्ला संघर्ष (वर्गशत्रु खत्तम लाइन) को बिगबिगी, चरम दमन, तेस्रो ऐतिहासिक सम्मेलन, नवौंमा आर्थिक संकट मोचनका लागि मनी एक्सन प्लान, हर्रेबर्रे काण्ड र पार्टीबाट आलोचना, रुसलाई सामाजिक साम्राज्यवादी मान्ने कि समाजवादी विवाद, कपाको चतुर्थ सम्मेलन, दसौँमा पुष्पलालको अवसान र अन्त्येष्टि, शासकहरूबाट पुष्पलालको शवलाई स्वदेशमा ल्याई सतगत गर्न दिनमा अस्वीकार, रामबहादुर भण्डारी र रामचन्द्र चापागाई अस्तु भित्र्याउने कार्यमा सरिक, अस्तु गिरफ्तारीका लागि शासकीय दमन प्रयत्न, विमानस्थलदेखि शोभा भगवती मन्दिरसम्म शवयात्रा, अस्तु विसर्जन समारोहमा ३ लाख बढी नागरिकको सहभागितालाई तस्बिरले पुष्टि गर्दछ । ११ औं, पुष्पलालबारे मृत्युपछिको मूल्यांकनमा, उनी मध्यमार्गी धारमा रहेको देशी–विदेशी मित्रहरूको दाबी, आन्दोलनमा उनको योगदानको लेखाजोखाका विषय छन् । १२ औ, ०४५ र ०६३ को आन्दोलनले राजतन्त्रको उन्मूलन गरेपछि मात्र सयुक्त आन्दोलनको औचित्य पुष्टि र संसदीय व्यवस्थाको पुन:स्थापना सन्दर्भ छन् । १३औ सहकर्मी विश्वबन्धु भण्डारी, अमृत बोहरा र गोविन्द ज्ञवाली आदि समकालीन र मित्रहरूका पुष्पलाल व्यक्तित्व र स्वभावको शब्दचित्र, अविस्मरणीय छन् । भारतीय रेलवे स्टेसनमा कैयौं रात सातु खाएर कपाको कार्यक्रम लेखिएका पुष्पलाल र सहकर्मीहरूका दारुण कथा उतारिएको छ । १४औ, छद्मभेषी नाममा प्रकाशित पुष्पलालका कृतिहरू,जसमा विश्व कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद, ल्यतभक यल तजभ ऋयmmगलष्कत :यखझभलत ष्ल ल्भउब,ि नेपालमा मातृसत्तात्मक समाज, नेपालमा कम्युनिस्ट आल्दोलनको संक्षिप्त इतिहास, नेपाली आन्दोलनको एक समीक्षा आदिलाई लिन सकिन्छ । १५आँै मा परिवारिक विषय, विवाह र सन्तान , साहना प्रधान सपरिवार बर्माबाट विस्थापित, नेपाल फर्केर राणाविरोधी आन्दोलनमा सरिक, पुष्पलालसंग विवाह जस्ता घटनाको व्यहोरा उल्लेख छ । १६औ, पुष्पलालको वैदेशिक सम्बन्ध, उनको समाजवादी चीन र सोभियत संघबीच तटस्थ नीति तथा आन्दोलन सम्बद्ध तथ्यहरू पस्किइएका छन् । १७औँ, उपसंहार, दुर्लभ सामग्रीहरू छन्, निर्वासनबाट पत्नी, छोराछोरी, मित्र र विदेशी कम्युनिस्ट पार्टर्ीलाई पुष्पलालद्वारा प्ेरषित पत्रहरू छन् ।
पुष्पलालबारे सूचनाको आधिकारिकतामा प्रस्नहरू उठने गर्दछन् । हर कोहीले चाहेर पनि पूरा गर्न नसक्ने जटिल प्रश्न समाधान निम्ति सामग्री पस्केर नव प्रकाशित कृतिले पाठकको भोकमा जीवनजल छर्केको छ । पुष्पलाल विषयक बहसलाई घनीभूत र सार्थक तुल्याउनमा मद्दत गरेको छ । भारतीय नेता चन्द्रशेखर, राजनीतिज्ञ गणेशमान सिंह, मनमोहन अधिकारी, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, रामहरि आचार्य र टंकप्रसाद आचार्यहरूका निरंकुश शासकका विरुद्धका आक्रोश र अभिव्यक्तिहरूले पुष्पलाललाई धरातलीय यथार्थमा बुझ्न सघाउ पुगेको छ ।
अन्त्यमा, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालको शुभकामना समेटिएको उक्त पुस्तकका प्रकाशक रीता सुवेदीको प्रकाशकीय नभेटिनुले पाठकको सुसूचित हुने हक खोसिएकोप्रति लेखकको ध्यान पुग्ने अनुमान गर्न सकिन्छ । पुस्तक वृद्ध, महिला, मजदुर, किसान, बुद्घिजीवी, श्रमिक र फेसबुक पुस्ताका लागि पनि प्ेररणादायी छ । पकेट साइजको, सरल भाषिक र सस्तो मूल्यमा (मात्र रु २००।–) र आर्कषक साजसज्जाको हातमा परेपछि छोड्नै नसकिने, सहरीया व्यस्तताले पनि पढ्न नछेक्ने, एकै नजर र एकै बसाइमा आद्योपान्त सिद्धिने सामगी्र रोचक र संग्रहणीय छ । पाठकले पुष्पलालप्रति सुनेका तथ्य र अड्कलबाजीको सच्चाइका लागि पनि यो प्रमाणयोग्य छ । पुष्पलाल विषयक शोघग्रन्थ भावी पिँढीलाई सुम्पने लेखकको संकल्प बेलैमा पूरा हुन सके पाठक लेखकप्रति अनुग्रही हुने थिए ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply