गभर्नरले लोभ गर्दा उताबाट आपत्ति
काठमाडौं । सरकारी सेवामा रहेका कर्मचारीहरू हुन् वा अरू सामान्य नागरिक नै किन नहुन् । विदेशको सयर गर्ने चाहना सबैलाई हुन्छ । तर, नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले अनावश्यक रूपमा विदेश भ्रमणप्रति मोह देखाउँदा उनी आलोचित हुन पुगेका छन् । गभर्नर डा. नेपाल केही दिनअघि मात्रै दुई हप्ता लामो बेल्जियम र मोजाम्बिकको भ्रमण गरेर नेपाल फर्किएका छन् । तर, गभर्नर डा.नेपालको बेल्जियम भ्रमण भने आलोचित बन्न पुगेको छ । छ महिनाअघि मात्र गभर्नरमा नियुक्त भएका डा. नेपालको यो नै पहिलो विदेश भ्रमण पनि हो । तर, विदेश भ्रमण गर्ने मोहमा डुबेका गभर्नर बेल्जियममा भने राष्ट्र बैंकका उपसचिव स्तरका कर्मचारीलाई पठाउँदा हुने एउटा कार्यक्रममा आफैं सरिक भएपछि त्यहाँस्थित नेपाली राजदूतले नै आलोचना गरेका हुन् ।
समाचार अनुसार, भदौको पहिलो सातामा बेल्जियममा आयोजित ‘द ग्लोबल पोलिसी अफ फ्रेमवर्क’ नामक कार्यक्रममा भाग लिन नेपालबाट राष्ट्र बैंकको उपसचिव स्तरको कर्मचारीलाई निम्ता गरिएको थियो । तर, राष्ट्र बैंकको कार्यकारी–निर्देशक तहको कर्मचारीलाई आएको निम्तोमा गभर्नर आफैं जान चाहे । बेल्जियम जान गभर्नरबाट नै चाहना व्यक्त भएपछि अरू कर्मचारीले बोल्ने कुरै आएन । र, गभर्नर डा.नेपालले बेल्जियम पुगेर त्यहीबाट मोजाम्बिकमा हुने अर्को कार्यक्रममा भाग लिन जाने गरी कार्यक्रम तालिका बनाए र उनी भदौको पहिलो हप्ता बेल्जियमतिर उडे ।
बेल्जियममा रहेका नेपाली राजदूत राममणि पोखरेलले उक्त कार्यक्रममा भाग लिन राष्ट्र बैंकका कुनै उपसचिव स्तरको कर्मचारी आउलान् भन्ने ठानेर त्यही अनुरूपको व्यवस्था गरे । र, राष्ट्र बैंकले पनि त्यहाँस्थित नेपाली दूतावासलाई उक्त कार्यक्रममा भाग लिन गभर्नर आउँदै गरेकोबारे पूर्वजानकारी दिन आवश्यक ठानेन । तर, पूर्वजानकारी बिना नै गभर्नर आएपछि बेल्जियमको नेपाली दूतावासमा तनावको स्थिति सिर्जना भयो । एमाओवादीको कोटाबाट राजदूत बनेका पोखरेलले तत्काल परराष्ट्र मन्त्रालयमा सिकायत गर्न भ्याइहाले । उनले मन्त्रालयमा फोन गरेर ‘नेपाल सरकारको उपसचिव स्तरको कर्मचारी आउनुपर्ने कार्यक्रममा गभर्नर नै आउनुभयो, हामीलाई व्यवस्थापन गर्न गाह्रो भयो । कुनै जानकारी नै नदिई आउनुभयो ।’ भनेर गुनासो मात्र पोखेनन्, उक्त कार्यक्रममा अरू देशबाट उपसचिव स्तरका कर्मचारीहरू मात्र आएका तर नेपालबाट भने गभर्नर नै गएका हुँदा नेपालकै बेइज्जत भएको समेत भन्न भ्याएका छन् ।
अहिले राष्ट्र बैंकमा पनि बेल्जियमको घटनालाई लिएर गभर्नरप्रति टीकाटिप्पणी हुने क्रम सुरु भएको छ । अरू देशका सामान्य कर्मचारीहरूले भाग लिएको कार्यक्रममा नेपालबाट गभर्नरले नै सहभागिता जनाएको हुँदा गभर्नर नेपाल हल्का हुँदै गएका र आफ्नो मर्यादामा नबसेको कुरा उठ्ने गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply